पार्टी फेरेजस्तै रेखाको साथी फेराई, अन्त्यमा लफडा



काठमाडौँ, ८ चैत

पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने पछि उहीसँग झगडा, लफडा !

छवि ओझासँग औपचारिक विवाहविनै १२ वर्ष पत्नी बनेर रहिन् ।

सम्बन्धमा एकपछि अर्को लफडै लफडा हुँद उनीहरु छुट्टिए । आर्यनको नामनै उनले राखिदिएको ।

निर्देशक श्याम भट्टराइसँग पनि पछि सम्बन्ध विग्रियो । निखिल उप्रेती विराज भट्ट, यशकुमार यी कोहीसँग आजकल बोलचाल छैन । प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि उनको बोलचाल बन्द रहेको समाचार जनआस्थामा छ ।

अहिले धेरै नजिकको सम्बन्धमा छिन्, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ।

रेखा फिल्म बनाउने त्यसलाई निकिताले डिस्ट्रिव्युसन गरिदिने समझौतामा छन् ।

सम्झना उप्रेती रौनियारलाई निर्देशक लिएर फिल्म बनाउने क्रममा अहिले उनीहरु घुमघाममा छन्, इलाम, कन्याम, पाथिभरातिर ।

काठमाडौंमा धेरैको पैसा विगारिदिएर बेपत्ता भएका हेटौंडाका धु्रब न्यौपाने पनि यी तीन महिलाको पछि लागेका छन् । अरु त त्यस्तै हुन्, राम्रै करिअर बनाउँदै गरेकी निकितालाई रेखाले कुन कन्ट्रोभर्सीमा लगरेर जाक्ने हुन् भनी उनका शुभचिन्तक चर्चा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्