महिलाहरु किन पुरुषभन्दा बढी बोल्छन् ?



काठमाडौं, ६ चैत

तपाईं हाम्रो समुहमा कोही महिला मित्र हुनुहुन्छ भने तपार्इंलार्इ पक्कै पनि थाहा छ कि उहाँ तपाईंभन्दा बढी बोल्नुहुन्छ । यदी यो समाचारको पाठक महिला हुनुहुन्छ भनेपनि तपाईंलाई आफु पुरुष मित्र भन्दा बढी बोल्छु भन्ने पक्कै पनि महसुस भएको हुनुपर्छ । तर धेरै बोल्ने बानी कुनैपनि महिलाको स्वइच्छाको कुरा नभएर यसमा जैविक कारण रहेको छ ।

वैज्ञानिकहरुका अनुसार महिलाहरु पुरुषको तुलनामा धेरै बोल्नुको पछाडी जैविक कारण छ । महिलाको शरिरमा हुने एक विशेष पदार्थका कारण उनीहरु पुरुषको तुलनामा बढि बोल्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

महिलाको सरीरमा ‘फक्स पी टू प्रोटिन’को मात्रा पुरुषको तुलनामा बढि पाइन्छ । सोही प्रोटिनका कारण शिशु अवस्थामै पुरुषको तुलनामा महिलारु छिटो बोल्न थालेका हुन्छन् भने जिवनभर नै पुरुषको तुलनामा बढि बोल्दछन् ।

हालै भएको एक अध्ययन अनुसार एक महिलाले एक पुरुषको तुलनामा तीन गुणा बढी बोल्छन् । अध्ययनका अनुसार महिलाहरु दिनमा औषतमा २० हजार शव्द बोल्छन् । पुरुषले भने औषतमा दिनमा ७ हजार शव्द मात्र बोल्ने पनि अध्ययनले देखाएको छ ।

मुसामा पनि उस्तै
महिलामा पाइने उक्त प्रोटिन अन्य प्रजातिमा पनि पाइन्छ । वैज्ञानिकहरुले उक्त प्रोटिन मुसामा पनि पाइने दावी गरेका छन् । उनीहरुले सोही प्रोटिनका कारण मुसा पनि महिलाजस्तै बढी बोल्ने गरेको तथ्य सार्वजनिक गरेका हुन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्