पर्यटन प्रवर्द्धनको लागि आकर्षक केन्द्रबिन्दु फिक्कल



सिन्धुली, ५ चैत

समुद्री सतहदेखि ७८१४ मि. उचाइमा रहेको सिन्धुली जिल्लाको पूर्वी पहाडी भाग फिक्कल पर्यटन प्रप्रवर्द्धनको लागि आकर्षक केन्द्रबिन्दु हो । जिल्लाको उच्च भाग फिक्कल डाँडाबाट नेपालको ३२ वटा जिल्लाहरुको विभिन्न भु–भागहरु प्रष्टसँग देखिन्छ ।

सगरमाथाको फेदी देखि टुप्पो सम्मको भु–भाग स्पष्ट देखिने फिक्कललाई सगरमाथाको मितिनी भन्दा फरक नपर्ला किनकि विश्व प्रसिद्ध सगरमाथा, ८००० मि. माथिका स्थानहरु ल्होत्से, ल्होत्से सार ,मकालु, चायु, आमा दव्लाम, लाङटाङ र गौरीशंकर हिमाल देख्न सकिन्छ ।

विशेषत फागुन/चैत महिनामा पाखैभरी ढकमक्क लालिगुराँस फुलिरहेको रमणीय दृश्य देख्न सकिने फिक्कलमा नयाँ बर्षको अवसर पारेर घुम्न आउने पर्यटकहरुको अति नै चाँप रहन्छ । यहाँ घुम्नको लागि कुनै पनि शुल्क निर्धारण गरिएको छैन ।

प्रचार–प्रसारको कमी तथा प्रशासनिक हिसावले पछाडि परेको फिक्कल गाँउपालिका आगामी दिनमा सिन्धुलीको राम्रो पर्यटन केन्द्र बन्नेमा कुनै संकोच छैन । समग्र सिन्धुलीलाई पर्यटन विकासमा योगदान पुर्याउने फिक्कल गाँउपालिका नै हो भन्ने मैले आशा राखेको छु । लेखक सिन्धुली फिक्कल गाउपालीका ३ का स्थानिय गोपाल पहाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्