
काठमाडौं, ५ चैत
महाभारत युद्ध रचनाको एक फरक दृष्टिकोण र यसको पृष्ठभूमि सम्बन्धि हामी तपाईलाई एक यस्तो कथाको बारेमा जानकारी उपलब्ध गराउदै छौ जुन तपाईले सायद यसको बारेमा कहिल्यै पढ्नु भएको थिएन होला । यो कहानी हो , महाभारतको मुख्य पात्रहरु मध्यका एक पात्र शकुनीको । शकुनीको नाम सुन्ना साथ तपाईलाई एउटा खलनायकको झल्को आउन सक्छ । अहिले पनि कोहि मामा खराब भयो भने कस्तो कंस र शकुनी जस्तो दुष्ट मामा भनेर गाली गर्ने गरिन्छ । तर यति धुर्त र चलाख शकुनीले किन जानी जानी कौरव भान्जाहरुलाई श्रीकृष्ण र पाण्डव बिरोधि बनाए । उनलाई के श्रीकृष्णको शक्तिको आभास थिएन त ? यदि थियो भने किन महाभारत युद्ध गर्न प्रेरित गराए र सम्पूर्ण कौरव बंशको नै नाश गराए ? आउनुहोस यस पछाडिको सत्य जानौ । जसलाई ईतिहासले कहिल्यै जान्ने कोसिस गरेन ।
हामी सबैलाई थाहा छ शकुनी मामा कौरवहरुको सबै भन्दा बढी हितैषी हुन् । जबकी सत्य यसको ठिक बिपरित रहेको छ । मामा शकुनी नै कौरवहरुको बिनासको मुख्य कारक हुन् । उनलेनै कौरवहरुको बंश विनासका लागि महाभारत युद्धको पृष्ठभूमि गरेका थिए । उनले नै कौरव र पाण्डव बीच विवाद उत्पन्न गराएका थिए र कहिल्यै मिल्न दिएनन । आखिरी किन उनले यस्तो कार्य गरे ? यसको पछाडी के थियो त कारण ? उत्तर जान्नको लागि ध्रतराष्ट्र र गांधारीको विवाह अगाडिको कथालाई पल्ट्याउनु पर्ने हुन्छ ।
यस्तो छ गान्धारी बिवाह अगाडिको कथा :

गान्धारीको ग्रह छल्न एक महात्माको उपदेश र उपाय बमोजिम उनको बिवाह अगाडी नै कुनै पशुसंग बिवाह गर्नु पर्ने देखियो । यसका लागि उनको बिवाह एउटा बोका संग गरियो । जुन कुरा उनको बिवाहको समयमा लुकाईएको थियो ।
यसरी बने शकुनी कौरव बंशनाशको कारण :

बिवाह पश्च्यात जब ध्रतराष्ट्रले गान्धारीको बिवाह पहिलेनै एउटा बोका संग गरिसकेको र यो कुरा उनलाई ढाटेको भन्ने थाहा पाए तब उनि असाध्यै क्रोधित भए । उनलाई झुक्काएको सजाए स्वरूप गांधार नरेश सुबाला र उनको १०० पुत्रहरुलाई कारावासमा हाली धेरै यातना समेत दिए । उनीहरुलाई कारागारमा खानको लागि केवल एक मुट्ठी चामल मात्र दिने निर्देशन दिएका थिए ।
जब भोकले सुबालाको पुत्रहरू एक एक गर्दै मर्न थाले तब सुबालाले आफ्नो सबै भन्दा कान्छा छोरा शकुनिलाई प्रतिशोधका लागि तयार गराए । शकुनीलाई जीवित राख्न सबैले आफ्नो भागको चामल उनलाई दिन्थे ताकी उनि जीवित रही कौरवहरु संग आफ्नो बंश नाशको बदला लिन सकुन ।
मृत्युको अन्तिम ईच्छाका रुपमा गांधार नरेश सुबालाले आफ्नो कान्छो पुत्र शकुनीको प्राण बक्सको लागि बिन्ति गरे र ध्रतराष्ट्रले यसलाई स्वीकार गरे । सुबालाले आफ्नो मृत्युपछि पनि कौरवहरुको बिनासको कारण बन्ने संकल्प गरे र शकुनीलाई आफ्नो करंगको हड्डीको कौडा र पासा बनाउन भने । त्यहि कौडा र पासा नै पछि कौरवहरुको बिनासको कारण बन्न गयो ।
कालान्तरमा शकुनिले पुरै हस्तिनापुरको बिश्वास जित्दै १०० कौरवको प्रिय मामा एवं अभिभावक समेत बने । उनले आफ्नो कुटनैतिक चालले केवल दुर्योधनलाई युधिष्ठिरको बिपक्षमा मात्र भड्काएनन उनले पुरा महाभारत युद्धकै आधारशिला समेत तयार पारे । उनले बनाएको पृष्ठभुमिलाई आधार बनाएर पुरा महाभारत युद्ध भयो र यसमा पुरै कौरव बंशको नाश हुन् गयो ।
उनले आफ्नो परिवारको बदलाका लागि कौरवहरुको हितैषी बन्दै उल्टो उल्टो सल्लाह दिए । उनले कौरवलाई महाभारत युद्धका लागि भड्काए र अन्तत: आफ्नो परिवार बिनासको बदला लिएरै छोडे । यो कथा थाहा पाएपछि पक्कै शकुनी प्रतिको तपाईको धारणा र सोचाईमा केहि परिवर्तन आएको होला ।
अब भन्नुहोस , शकुनी दुष्ट मामा हुन् कि असल सच्चा पुत्र । निर्णय तपाई आफै गर्नुहोस ।





