
भारत, ५ चैत
भारतीय चर्चित ५६ वर्षीय अभिनेता सुनिल सेट्ठीले अहिले फिल्म खेल्न छाडिसकेका छन् । एक जमानामा अक्षय कुमार, अजय देवगन लगायतका स्टार नायकहरुलाई समेत टक्कर दिने सेट्ठी आजभोलि खासै पर्दामा देखिँदैन । उनले फिल्ममा काम नगरे पनि वार्षिक डेढ अर्ब बढी आम्दानी गर्छन् ।
सुनिल सेट्ठीले अहिले रोयल इन नामकको आफ्नै होटेल चलाई राखेका छन् । उनको फिल्म प्रोडक्सन हाउस तथा बुटिक पनि सञ्चालनमा छ । यी सबै बिजनेसबाट वार्षिक १ अर्ब ६० करोड आम्दानी गर्दै आएको भारतीय मिडियाहरूले विशेष प्राथमिकताका साथ समाचार छापेका छन् ।
भारतीय मिडियाका अनुसार आफ्नो करियरमा करिब ११० भन्दा बढी फिल्ममा अभिनय गरेका उनले ८ वर्ष को लभ अफेयर पछि माना सेट्ठीसङ्ग विवाह गरेका थिए । धड्कन फिल्मको सफलताले गर्दा एउटा फिल्म खेले बापत ८ करोड पारिश्रमिक लिने सुनिल फिल्म भन्दा बढी व्यापारमा समय दिएसँगै उनी चलचित्रकर्मबाट बिस्तारै टाढीँदै जान थालेका छन् भने उनी व्यवसायमा दिन खोलेर जम्ने क्रममा छन् ।-एजेन्सी





