यौन व्यवसायीसँगको एकदिनपछि म उनैको बाबा !



काठमाडौं, ४ चैत

पत्रकारिता गरेको लामै समय भए पनि सहरिया परिवेश मेरा लागि नयाँ थियो । बजारको नियमलाई उल्लघंन गर्दै बिहान ५ बजे अघिनै म उठ्ने गर्दथे । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यमबाट चिनजान भएका साथी इन्द्रको फोन आयो, ‘हेलो तयारीमै रहनु है हामी ९ बजे एउटा कार्यक्रममा जानु छ ।’ मैले जवाफ दिए, ‘मेरो म्यागजिनको लागि एउटा रिर्पाेटिङ्ग गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन हओ ।’ ‘जाउँ न यार नयाँ इश्युमा रिर्पाेटिङ्ग पनि हुन्छ, भिजिटिङ्ग पनि हुन्छ जानुपर्छ है जसरी पनि ।’ उनले ढेट गरेपछि मैले स्वीकारे ।

चिनजानी भएको धेरै नभए पनि भेटघाट र उठबसको हिसावले हाम्रो मित्रता गाढा भइसकेको थियो । उनी र मबीचमा फरक यति थियो की उनी धनायढ् परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागे । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैकै स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरू २ सााथी थपिए, मानौं योजना बनाएजस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रापछि सधैझैँ चिया खाने निधो भयो । म तेसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहजै स्वीकारँे । इन्द्रले स्कारपियो हुइँक्याए र एक आलिसान महलको गेटभित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारिरहेका थिए । मलाई पनि विना योजना यो आलिसान महलको प्रवेश असहज भइरहेको थियो । तर केही योजना होला भनेर बोलेको थिइन् । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तव्यबारे अन्योलमा रहेछन् ।

स्कारपियो हलको पार्किङ्गमा छि¥यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेश्रो तलामा सटासट पुग्यौँ, जहाँ दुवैपट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरू थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे । मैले प्रश्न गरे, ‘हामी यहाँ किन आइरहेका हौं ?’ इन्द्रले हाँस्दै जवाफ दिए ‘नो प्रोब्लोम । आज रमाइलो गर्नुपर्छ, यहाँ त गज्जपको ‘माल’ पाइन्छ ।’ मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचे पसलका केही सामानहरू लानु रहेछ क्यारे…। ‘माल’ भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्केइलो पाराले आफ्नै शैलीमा फोनमा बोल्न थाले, ‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आउँ है ।’

हाम्रो एक राउन्डको चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका, छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको आगमन भयो । इन्द्रले उनीहरूलाई हौसलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौ । उनीहरूको यस्तो हल्का प्रस्तुति थियो की मानौँ हामी सधैँ भेट भई रहने निकटका साथी हौँ । हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरू बसे । विनासंकोच उनीहरूले सबैलाई मामा सम्बोधन गरे र छिटोन.. भन्दै हतारिरहेका थिए । इन्द्रले हतार–हतार केही खुसुक्क भनुँलाझैँ गरेर जुरुक उठे र एउटीको कान फुके अनि हामीलाई भने, ‘साथी हो, ल माल छान्नुहोस् हैँ…।’

मलाई बल्ल झस्का खुल्यो यसले माल भनेको त यो पो रहेछ ? समय बित्न नपाउँदै इन्द्रले जुरुक्क उठेर चारमध्ये बीचकी एउटीको हात च्याप्प समाते उनी जुरुक्क उठिन् र मुसुक्क हाँसिन् । बनावटी हाँसोजस्तै गरेर, उनीहरू एक अर्काको अँगालोमा बेरिएर पर्दा पछाडि पसे । हामी तीनमध्येका एक पनि इन्द्रकै सिको गरेझैँ गरेर अर्काै कोठाको पर्दाभित्र हराए अब हाम्रो नम्बर आइसकेको थियो । धेरै समय शुन्यतामा रह्यो । म मनमनै सोचिरहेको थिएँ, यिनीहरू कसरी यो पेसामा लागे होलान ? यिनीहरूसँग आन्तरिक कुरा खोतल्न सके न्यूज हुने थियो की ? या हामीलाई यिनीहरूले नार्मद भन्दा हुन्… या …यस्तै खुल्दुली मनमा भइरह्यो ।

शुन्यतालाई तोड्दै दुवैले एकै स्वरमा सोधे, ‘सर, तपाईहरू……?’ साथी बोल्न नपाउँदै म अघि सरेर भने, ‘हामी ऊ त्यो खुल्ला चौरीको कुर्सीमा जाऊ न है ।’ उनीहरू मुखामुख गरेर हेरिरहे । न कि, उनीहरूलाई लाग्दै थियो होला हामीबाट उनीहरूको रोजीरोटी नचल्ने भो । मेरो स्थान टनौटमा उनीहरूको असहजतालाई चिर्दै भए पनि भुइँतलाको चौरीतर्फ लाग्यौं । चौरीमा सजाइएका टेवल कुर्सीमा हाम्रो बसाई आम्नेसाम्नेको भयो । बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाई जोडी जोडी नै भयो । अर्काे जोडीले के गफ ग¥यो मैले चासो राखिन् ।

तर मेरो भागमा परेकी उनीलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँसु झारेर भक्कानिँदै मेरा प्रश्नको जवाफ दिइरहिन् । केही समयपछि उनले आप्mनो जीवन जीउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्, ‘मेरो बुवा आजभन्दा आठ वर्षअघि द्वन्द्वको बेला बेपत्ता हुनुभयो । बुबा बेपत्ता भएपछि घरमा आमा, म र सानी बहिनी मात्र भयौं, हाम्रो परिवार गरिब थियो । गरिबीका कारण समाजले पनि हामीलाई हेँला गर्थ्यो । सानी बहिनीलाई माइजुले पढाइदिन्छु भनेर मावली लानुभयो, त्योवेला पटक–पटक हाम्रो घर घेरिन्थ्यो । नकाबधारीहरूले बुवाको बयान सोंध्थे । थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालैपालो बलात्कार गर्थे ।

आमाको आँखा अगाडि म चिथोरिँदा र मेरै अगाडि आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा चूँ बोल्न सकेन । यावत्क्रममा समय बित्तै गयो, दुई वर्षपछि मेरी आमालाई पाठ्यघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसा लाग्ने भएपछि थप समस्या भयो । मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन् । म आमालाई मर्न दिने पक्षमा पनि थिइँन ।

म पैसाको खोजिमा भौतारिरहेकी थिएँ । मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सघाउने आश्वासन दिनुभयो, हामीले स्वीकार्याै । तर कागजी काम सकेर पूर्जा हात पारेपछि ठूलोबुवाले पैसा दिन आलटाल गर्दै जानुभयो । समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिनु छैन, कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्ण ढंगबाट फसाइएको रहेछ । ठूलोबुवाले जे गर्छाै गर भन्दै हामीलाई घरबाट निकाल्नु भयो ।’ बुबाको अभावमा हामीले धेरै हण्डर बेहोर्नुपरेको थियो । आमाको उपचार गर्नु मेरो दायित्व पनि थियो । म कामको खोजिमा भौतारिएकी थिएँ, त्यहीवेला छिमेकी काकाले मलाई सहरमा काम पाइन्छ भनेर काठमाडौं लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनु भयो ।

म त्यही होटलमा भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लुटिएँ । अनि दिनदिनै होटल साहुले ग्राहकको सन्तुष्टिका लागि प्रयोग गरे । एक रातमा नौ दशजनासँग सुत्नुपथ्र्याे । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ । तर पालेले समातिहाल्थ्यो । तीन महिनापछि साहु बाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ । मैले होटलमा भएको ज्यादतीबारे मानवअधिकारवादी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ‘ठीकै छ म बुझौला’ भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदोरहेछ र उनीहरू पनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् । म आमालाई भेट्न भनेर काठमाडौबाट हिँडेँ ।

त्यही दिन बिहान आमाको देहवास भइसकेको रहेछ । अब त म बुवाआमा बेगरकी टुहुरी भएँ । आमाको अन्त्येष्टि सकेर महिला सञ्जालमार्फत न्याय खोज्न पुनः काठमाडौं आउदै थिएँ । म चढेको गाडी बाटामा पन्चर भयो । गाडी बनाउन झन्डै तीन घण्टा समय लागेका कारण म काठमाडौं ओर्लिदा साँझ परिसकेको थियो । बसपार्कवाट कहाँ जाने भनेर म सोचिरहेकी थिएँ । एकजना दिदीले मलाई बोलाइन्, मैले आप्mनो कामबारे बताएँ । उनले आज राति भयो, यतै बसौं भोलि सबेरै जानु, भनेपछि म उनीसँगै गएँ ।

बिहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वरसम्म गयौं, तर उनले मलाई एउटा होटलमा लगिन् र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् । मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहाले । म त्यहाँबाट एउटा बहाना बनाएर बाहिर निस्के र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ । मेरो कामबारे सबै बताएँ । तर त्यहाँ पनि एक हप्तापछि आउने आश्वासन मात्र पाएँ । मेरो सहारा कोही थिएन ।

खल्ती पनि रित्तो भइसकेको थियो । अब के गर्ने होला ? सडकपेटीमा उभिएर म सोचिरहेकी थिएँ । २ भाइ जवान केटाले मलाई फ्लो गरिरहेका रहेछन् । उनीहरू मेरो छेउमा आए र ‘कहाँ जान लागेको बैनी भनेर सोधे ।’ मैले कामको खोजिमा छु, भनेपछि उनीहरूले एउटा अफिसमा काम लगाइदिने बताए । केही समयपछि एउटाले बदाम किन्यो । अर्काेले चिसो किनेर ल्यायो र मलाई पनि बदाम दिए, म भोकाएकी थिएँ, बदाम खायौं । चिसो ‘खान्न’ भने तर मैले नखाने भनेपछि मलाई अलिपरको दोकानबाट फुरुटी किनेर ल्याइदिए । फुरुटी खाएपछि मलाई रिगँटा लागेजस्तो भयो । त्यसमा लट्याउने औषधी मिसाएको रहेछ ।

म बेहोस भएँछु । म होसमा आउँदा एयरपोर्टको पछाडिको चौरीमा थिएँ । मलाई उनीहरूले बलात्कार गरेर भागेछन् । म पागलजस्तै भएँ, मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउनै छाडिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिड्न थालेँ । मसँग पौडेर तृप्ति लिनेको संख्या एकिन छैन । अहिले मेरो व्यवसाय नै अर्कालाई सन्तुष्टि दिनु भएको छ । म कहिले पोखरा बसेँ, त कहिले विराटनगर, इटहरी र बिर्तामोड । मसँग कन्ट्याकमा आउने पछारिने, मलाई चुस्ने र सन्तुष्टि लिने धेरै छन् ।

कति दोहोरिन्छन् त कति तेहेरिन्छन् । कतिपय चिनेका आउँछन त कति अपरिचित । तर मलाई सवैले फ्रेस माल भन्छन्, त्यो किन हो उनीहरू नै जानुन् । तर अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन । न की मैले बताउन चाहेकी पनि थिइँन् । आज मलाई तपाईले यसरी सोध्दा मेरो बाबाको याद आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो कर्म हुने थिएन होला । मेरो बाबा पनि मलाई सानामा मायाँ गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खुलेर बाबासँग यसरी नै कुरा गर्थे ।’ उनी डाँको छाडेर रुन थालिन्, भक्कानिएर मेरो छातीमा टाउको राखेर रुँदै भनिन्, ‘प्लिज म तपाईलाई बाबा भन्छु है..।’ (कथा सत्य घटनामा आधारित भए पनि पात्रको नाम काल्पनिक हो ।)

प्रतिक्रिया दिनुहोस्