क्याम्पस प्रशासनको बढ्दो मनोमानि बिरुद्द अखिलको सक्रियता



विराटनगर, २६ फागुन

अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले शुक्रबार क्याम्पस प्रमुख समक्ष २ बुदे माग सहित ज्ञापन पत्र बुझाएको थियो ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष नवीन पहाडीका अनुसार नगदी काउन्टर बिहानी समयमा पनि खोलिनु पर्ने साथै विद्यार्थीहरुलाई क्याम्पसका गतिविधिबारे जानकारी गराउनका निमित्त परामर्श कक्ष र सुचना पाटी राखिनुपर्ने मुख्य दुई माग रहेका छन् । अध्यक्ष पहाडीले भने,  यत्रो ठूलो क्याम्पसमा एउटा भरपर्दो सूचनापाटी सम्म नहुनुले क्याम्पसको अवस्था कति सम्म दयनीय छ भन्ने बुझ्न सकिन्छ । हाम्रा माग र सपना ठुला भएता पनि क्याम्पसको दयनीय अवस्थाले गर्दा स-साना समस्याप्रती हल पाइसकेका छैनौं । स्ववियु चुनाव नभएकाले अलि असहज त भएको छ त्यही पनि अब हामी रोकिने छैनौं, निरन्तर विद्यार्थी हकहितका लागि लड्ने छौ र महेन्द्र मोरङ क्याम्पसलाई उचाइमा पुर्याउने छौं।

क्याम्पस प्रमुखलाई ज्ञापन पत्र पढेर सुनाउदै अध्यक्ष नवीन पहाडीले , एक हप्ता भित्र ठोस कदम नचालिए  कठोरताका साथ प्रस्तुत हुने बताए । अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीलाई विद्यार्थी सहजीकरण र क्याम्पसको राम्रो ब्यवस्थापनका निमित्त जस्तोसुकै कठोर कदम चाल्न पनि जिल्ला कमिटीले निर्देशन दिएको जानकारी उपस्थित जिल्ला सदस्य तुलसी घिमिरेले बताए ।

साच्चै नै विद्यार्थी संगठनहरु निस्वार्थ भएर क्याम्पसलाई अघि बढाउनतिर लाग्ने हो भने महेन्द्र मोरङ क्याम्पसले आफ्नो मुहार फेर्न सक्छ तर अहिलेकै हविगत हुने हो भने क्याम्पसको अस्तित्व नै धरापमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्