नेपाल बन्द भन्दै हल्ला फैलाउने गुरुङ पक्राउ



काठमाडौं : फागुन २५ र २६ गते नेपाल बन्द भन्दै प्रचार गर्ने रञ्जित गुरुङ पक्राउ परेका छन् । आफू पूर्व जनमुक्ति सेना समेत रहेको बताउने गुरुङलाई काठमाडौं न्युरोडबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलका अनुसार गुरुङलाई सोसल मिडियामा नेपाल बन्द भन्दै आतंक फैलाएको आरोप छ । हाल उनलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनी बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्