राष्ट्रिय सभाका तीन सदस्यलाई सपथको बाटो खुल्यो



काठमाडौं- राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनित तीन जना सांसदको सपथको लागि बाटो खुलेको छ। उनीहरुको सपथ रोक्न माग गर्दै परेको मुद्दामा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज भएको छ। बुधबार सर्वोच्चले आन्तरिम आदेश खारेज गर्दै सपथको बाटो खोलेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभामा मनोनित गरेकि थिइन्। उनीहरुको विरुद्धमा यस अघको शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभाका लागि सफारिस गरेका तीन जना सर्वोच्च पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्