राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गाउँपालिकाको तयारी



कालिकोट, २३ फागुन

जिल्लाको नरहरिनाथ गाउँपालिकाले आवश्यक नभएका राष्ट्रिय बिदा परेका दिनमा स्थानीय बिदालाई जोड दिने भएको छ ।

गाउँपालिकाको गाउँसभाबाट समाजमा अर्थ नराख्ने राष्ट्रिय बिदाको सट्टा स्थानीय रहनसहनसँग सुहाउँदो बिदा कायम गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता गगन फडेराले यहाँको रहन सहन तथा भेषभूषामा आधारित बिदा नभएकाले सो दिनमा स्थानीय बिदालाई जोड दिने बताउनुभयो ।

सरकारले दिएका ल्होसार, तथा पूर्वका रहन सहनसँग हुने बिदाका दिनलाई गाउँपालिकामा मानिने स्थानीय चाड पर्व तथा मेलालाई मर्ज गर्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्