उपराष्ट्रपति दोहोर्‍याउने पक्षमा माओवादी



आफ्नो भागमा परको उपराष्ट्रपति पदमा माओवादी नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहोर्याउने पक्षमा देखिएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहोर्याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा दाबी गरेको छैन ।

‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीमा उपराष्ट्रपति दोहोरिने स्थिति छ,’ नेता जनार्दन शर्माले भने, ‘उपराष्ट्रपतिले विगतमा गरेको योगदानको मूल्यांकनलाई पनि ध्यान दिई कायमै राख्नुपर्छ भन्ने नै मत छ ।’

छोटो कार्यकाल भएकाले धेरै समय जिम्मेवारीमा नरहेको र राष्ट्रलाई पनि व्ययभार बढ्न सक्ने भन्दै अध्यक्ष प्रचण्ड पुनलाई नै दोहाेर्‍याउने पक्षमा देखिएका हुन् । उनको तयारीप्रति माओवादीभित्र कसैले पनि विरोध जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्