ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेल



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका चर्चित कलाकारको सूचीमा मनोज गजुरेल समेटिएका छन् । विश्वका १८ कमेडियनमा मनोज गजुरेलको तस्बिर समेत राखिएको छ ।अमेरिकी अनलाइन सीबीएस न्यूजले यो सूची सार्वजनिक गरेको हो ।

मनोज गजुरेलसहित विश्वका कलाकारहरु एलेक बाल्डविन, एन्थोनी एटामानुइक, रोबर्ट एन्सलर, मार्सेल फोरेष्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओसम्यान, डेरिओ बालान्टिनी, जोन डी डोमेनिको, एरिक ज्याकम्यान, टोड वेरटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगायत छन् ।

हाइप्रोफाइलको क्यारिकेचर गरेर चर्चित बनेका गजुरेल पछिल्लो समय ट्रम्पको क्यारिकेचर गरेर देशदेखि विदेशसम्म चर्चित भएका थिए ।

गजुरेलले गरेको डोनाल्ड ट्रम्पको क्यारिकेचर

गजुरेले शाही शासनकालमा त्कालीन राजा ज्ञानेन्द्रको पनि क्यारिकेचर गरेका थिए । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत क्यारिकेचर गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुरुस्त भेष बनाउँदा दर्शकसमेत झुक्किएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भेषले पछिल्लो समय हिट बनेका मनोजलाई फेरि अमेरिकी सञ्चारमाध्यम सिबीसीले चर्चित बनाइदिएको छ ।

गत गाईजात्रामा ट्रम्प बनेका मनोजसँगै उनकी पत्नी मेलानियाको भूमिकामा पुरुष कलाकार चक्र दवाडी थिए । मनोज विभिन्न प्रहसन लिएर देश विदेश घुमिरहने कलकारमध्ये एक हुन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्