झापामा ३ सय ६२ सवारीसाधन ट्राफिक नियन्त्रणमा



झापामा आज नियम विपरित सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले ३ सय ६२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले झापाबाट ३ सय ५६ वटा मोटरसाइकल तथा स्कुटर, एउटा ई–रिक्सा तथा ५ वटा अटोरिक्सा नियन्त्रणमा लिएको हो ।

हेलमेट नलगाइ मोटरसाइकल चलाएको तथा तीनजना चढाएको, ई–रिक्सा र अटोरिक्सामा ओभरलोड गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्लाको दमक, बिर्तामोड, भद्रपुर, सुरुंगा, बुधबारे, चारआली, काँकडभिट्टा लगायत स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्