खाडी जाने कामदारमाथि थपियो १० डलर आर्थिक भार



काडमाडौं : गल्फ को-अपरेशन (जीसीसी) ले नेपालमा रहेको गाम्का नेपाल खारेजी गरेको छ। गाम्का नेपालको खारेजी गरेपनि जीसीसीले साउदी, ओमन र बहराइन जाने कामदारको मेडिकल गर्ने पुराना १२ मेडिकल कम्पनीलाई मान्यता दिएको छ।

जीसीसीले नेपालसँगै इन्डोनिसिया र श्रीलंकामा पनि गाम्काको खारेजी गरेको छ। तीन मुलुक जाने नेपाली कामदारसँग ५२ सय रुपैयाँ लिएर गाम्काले कामदारको स्वस्थ्य परीक्षण गर्दै आएको थियो। गाम्काको खारेजीसँगसँगै कामदारमाथि थप १० डलर आर्थिक भार पर्ने भएकाे हाे।

नेपाली कामदारले अब यी तीन देश जानुअघि मेडिकल गर्नुपूर्व १० डलर क्रेडिट कार्ड मार्फत् अनलाइन भुक्तानी गर्नुपर्ने छ। पहिलाको जस्तै मेडिकल स्पिका लागि गाम्का नेपाल जानुपर्ने बाध्यता हटेपनि कामदारमाथि आर्थिक भार थपिएको हो।

अनलाइन भुक्तानी म्यानपावर कम्पनी, कामदार वा जुनसुकै संस्थाले गर्न सक्नेछन्। अब खाडी मुलुक जाने नेपाली कामदारले अनलाइन सम्पर्कका लागि (सेवा शुल्क बापत) थप १० डलर तिनुपर्ने भएको गाम्का नेपालका सदस्य जुवेर खानले जानकारी दिए। उनका अनुसार अब साउदी जाने कामदारले मेडिकल गर्नु अगाडि क्रेडिट कार्ड मार्फत् १० डलर पेमेन्ट गरेर मेडिकलका भुक्तानी गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्