बागी २ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै हेर्नेको संख्या ६० मिलियन (ट्रेलर सहित)



मुम्बई, १२ फागुन

टाइगर श्राफको लोकप्रियता सिनेमा पे्रमीहरुमा बढेर गएको छ । फिल्ममा, टाइगरको एक्सन र दमदार दृश्यले श्रोताहरू मात्र नभई बलिउड अभिनेताहरूलाई  पनि तानेको छ ।

फिल्म बागी २ चलचित्रको ट्रेलरले २४ घण्टामै भ्युअर बनाइसकेको छ ।

डिजिटल प्लेटफार्म  र ब्रोकाकाष्टको कुल हेराइहरू संयोजन गरेर, अहिलेसम्म ६० मिलियन व्यक्तिहरूले बागी २ को ट्रेलर हेरेका छन्  । ६० मिलियनमा २० मिलियन भ्युज फेसबुक र युट्युबबाट छन् भने  ४० मिलियन भ्युज च्यानलबाट हेरेको देखाएको छ ।

बागी २ चलचित्र बागीको अर्को श्रृङ्खला हो । टाइगरको वास्तविक जीवन प्रेम दिशालाई चलचित्रमा राखिएको छ । अभिनेता फिल्मको भूमिकाको लागि इमानदारी धेरै उत्सुक देखिएका छन् ।

बागी २ अहमद खानले निर्देशित छ । रणदीप हुडा, मनिज बाजपेइ र प्रतीक बब्बर पनि महत्त्वपूर्ण भूमिकामा देखा पर्नेछ । बागी २ मार्च ३० मा सिनेमा हलमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्