
काठमाडौं, ६ फागुन २०७४
प्रदर्शन उन्मुख फिल्म शत्रु गत्तेको रुपै मोहनी’ बोलको गीत चोरी भएको खुल्न आएको छ ।उक्त गीतलाई वरिष्ठ गायक कुमार बस्नेतको गीत ‘रउसी खान जाउँ बोलसँग मिलेको बताईएको छ । गीत प्रति आपत्ति जनाउँदै गायक बस्नेतले भने, ‘मेरो गीत चोरी भएको हो र यस विषयमा मैले हरिवंश आचार्यसँग जिज्ञासा गर्दा हरिवंशले होइन दाई भजनको रुपमा मात्रै हो भनेर हल्का जवाफ दिएको बताए ।’
हाल यो गीतले बजारमा चर्चा बटुल्दै आईरहेको छ ।लोकराज अधिकारीले शब्द लेखेको ‘रुपै मोहनी’लाई संगीतकार टंक बुढाथोकीले संगीत दिएका हुन् । संगीतकार बुढाथोकीलाई संगीत चोरी गर्ने संगीतकारका रुपमा नेपाली फिल्ममा चिनिने गर्छन् । ‘रुपै मोहनी बोलको यो गीत ‘छक्का पञ्जा ३’ का लागि तयार पारिएको थियो । ‘छक्का पञ्जा २’को टिमलाई ‘ए दाजु नसमाउ नाडीमा बोलको गीत चोरी गरेको आरोप लागेको थियो ।
यसअघी दीपकराज गिरी र दीपाश्री निरौलाले फेरि पनि गीत चोरी भएको आरोप नलागोस् भनेर ‘शत्रु गते’मा राख्नका लागि दिएको हुन सक्ने बताइएको छ । दीपक र दीपाको ‘छक्का पञ्चा’ फिल्मको प्रतिलिपि चोरी भएको भनेर प्रहरीमा उजुरी दिँदा डराएर एकजना युवकले आत्महत्या गरेका थिए ।