
काठमाडौं, २ फागुन २०७४
हिजो हिन्दु धर्मालम्बिहरुको महान पर्व महाशिवरात्रि विशेष उल्लासकासाथ मुलुकभर मनाइएको छ । आराध्यदेव शिवको पूजा अर्चना गर्न मुलुकभर रहेका विभिन्न शिव मन्दिरमा भक्तजनहरुको ठुलो घुँइचो देखिएयो ।
महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भिड लागेको थियो । शक्तिपीठको रुपमा परिचित यो मन्दिरको महिमा श्रीस्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । मानवमा शिवत्वका असल भवना जगाउन प्रेरणा दिने पर्ब भएकाले पनि शिवरात्रि पर्बको बिषेश महत्व रहेको छ ।
आज शिवरात्री, हिन्दुहरुले विभिन्न शिवालयहरुमा पुजा आराधना गरि मनाईरहेका छन् । राजधानीको पशुपति क्षेत्र लगायत देशभरीका शिवालयहरुमा दर्शनार्थीहरुको भिड थेगी नसक्नु थियो ।
पशुपति क्षेत्रमा दिउँसै बाबाहरुबीच कुटाकुट भएका दृश्यहरु कैद गरेको छ । शिवरात्रीको अवशरमा नेपालका विभिन्न जिल्ला र भारतबाट समेत बाबाहरु आएका छन् ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/APQk9m4wCjM





