सडक नै नभएको हुम्लामा गाडी खरिद बाेलपत्र, कर्मचारीलाई ज्याकेट उपहार



हुम्ला सिमकोट गाउँपालिकाले माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदकै लागि भनेर ४३ लाख ५५ हजार २ सय ३० रुपैयाँ विनियोजन गरेको हो ।

पुर्वाधार बिनानै सिमकोट गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरिसकेको छ । राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लामा छिमेकी राष्ट्र चीनको हिल्सा नाकाबाट सडक केर्मीको ओखारथाल सम्म ७१ किलोमिटर सम्म हिल्सा नाकाबाट मात्रै गाडी गुडदै आएका छन ।

भने यस्तै गरी सिमकोट खार्पुनाथ सम्म ११ किलोमिटर सडक निर्माण भएपछि निजी गाडी गुडदै आएका छन । सिमकोट गाउँपालिकाले २४ गतेको नारिक दैनिकमा गाडी खरिद सम्बन्धि बोलपत्र आव्हान सुचना गरिसकेको छ ।

यता सिमकोट गाउँपालिका अध्यक्ष पदम लामाले एम्बुलेन्स खरिदको लागी बोलपत्र आव्हान गरेको जानकारी दिए । सिमकोटबाट चैगान फायाँ, हेप्काखोला, बरगाँऊ, र सिमकोटदेखि खार्पुनाथमा सम्मका बिरामीका लागि एम्बुलेन्स खरिदकाे बोलपत्र आव्हन गरेको अध्यक्ष लामाले बताए ।

गाउँपालिकामा एक जना मात्रै प्राविधीक भएकोले कहिले बरगाउँ पुग्नु पर्ने त कहिले चौगान फायाँ पुग्नु पर्ने भएकोले एक थान मोटर साइलक पनि खरिद भइसकेको गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारको बजेट जनप्रतिनीधिबाट दुरुपयोग भएको स्थाीनयको आरोप स्थानीय सरकारको गठन पश्चात पनि स्थानिय सरकारले विकास बजेटलाई जनप्रतिनीधिहरुले दुरुप्रयोग गर्ने गरेको स्थानियहरुको गुनासो छ ।

स्थानीय सरकारको विकास बजेट गाउँपालिकाले गाडी खरिद, ज्याकेट खरिद लगायतका शिर्षकमा दुरुप्रयोग भएको स्थानियहरुको आरोप छ । हाल हुम्ला जिल्लाका सात वटा गाऊँपालिका मध्ये सिमकोट गाऊँपालिका र खार्पुनाथ गाउँपालिकाले ज्याकेट खर्चमा विकासी बजेको दुरुप्रयोग गर्ने काम गरेको भन्दै स्थानियरु आक्रोशित बनेका छन ।

स्थानीय सरकारको विकासी बजेट जनप्रतिनिधिहरुले विभिन्न बाहानामा खर्च गर्ने गरेको पाइएको छ । यता सिमकोट गाउँपालिका अध्यक्ष लामाले भने प्रत्येक वडा अध्यक्षहरु सँग सहल्ल गरेर गाउँपालिकाले डे्स बनाउने निर्णय भएपछि ज्याकेट खरिदको लागी कन्सल्ट्रेसीले बजेट दिएपछि ज्याकेट खरिद भएको उहाँले बताए ।

सिमकोट गाउँपालिकाले ४६ जना जनप्रतिनीधि र ३० जना कर्मचारी गरी जम्मा ७६ जनालाई ज्याकेट वितरण गरेको पाइएको छ । यस्तै गरी खार्पनाथ गाउँपालिकाले पनि जनप्रतिनीधि र कर्मचारीलाई ज्याकेट खरिद कार्य गरिसकेको छ ।

ज्याकेट र झोला खरिद कार्य भएको वितरण कार्य हाल नगरेको खार्पुनाथ गाउँपालिका अध्क्षय कर्ण रावलले जानकारी दिएका छन । कति संख्यामा ज्याकेट झोला खरिद कार्य भएको आफुलाई जानकारी नभएको अध्यक्ष रावतले बताए ।

स्थानीय तहमा कर्मचारीको अभाव

हुम्ला जिल्लामा ७ वटा गाउँपालिका रहेको छन । जस मध्ये ६ वटा गाउँपालिकामा कर्मचारी बसेका पाइदैनन । अन्य गाउँपालिका कर्मचारी नभएपछि स्थानीयबासीहरुलाई समस्या भोग्न बाध्य छन । ६ वटा गाउँपालिकाका सम्पर्क कार्यालय जिल्लामा सरदमुकाम सिमकोटमै राखिएको छन ।

पहिला जस्तो थियो हाल स्थानिय तहको सरकर पनि उस्तै भएको बेलाबेला स्थानियहरु दुखेसो गर्ने गरेका पाइन्छन । सिमकोट गाउँपालिका कर्मचारी भएपनि अन्य ६ वटा गाउँपालिका कर्मचारी नबस्ने गरेको पाइएको छ ।

खार्पुनाथ, चंखेली, अदानचुली, ताजाकोट, नाम्खालगायतका गाउँपालिका कर्मचारी नै नभएको स्थानियहरुको गुनासो गर्छन । सिहंदबारको अधिकार गाँउघरमा पुग्ने भनिएता पनि स्थानीयहरुले अधिकार पाउन नसकेको महसुुस गदै आएका छन । हुम्ला जिल्लामा ७ वटा स्थानिय तहहरु रहेको छन । गाउँपालिका खाली हुने गरी जिल्लाका जनप्रतिनीधिहरु वडादेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सम्म भ्रमणका लागि निस्केका छन् । (नयाँ पत्रिका)

तस्बिर : मिगुर लामाबाट सौजन्य

प्रतिक्रिया दिनुहोस्