२३ अाैं जनयुद्ध दिवस : ३ माओवादीका ३ तिर कार्यक्रम



कञ्चनपुर : आमुल परिर्वतनका लागि तत्कालिन नेकपा माओवादीले आजैका दिन (फागुन १) गतेदेखि जनयुद्ध घोषणा गरेर जनयुद्धमा होमिएको थियो । जनयुद्ध सुरु गरेको ठिक २३ वर्ष पुगेको अवसरमा देशविदेशका माओवादी र उसका शुभचिन्तकले भव्य रुपमा जनयुद्ध दिवस मनाएका छन् । कञ्चनपुरमा माओवादी केन्द्र, नेकपा विप्लव, नेकपा बैद्य लगायत माओवादीका शुभचिन्तकले जनयुद्ध दिवस छुट्टाछुट्टै कार्यक्रम मनाए ।

माओवादी केन्द्रले महेन्द्रनगरमा शुभकामना आदानप्रदान गर्दै जनयुसद्ध दिवस मनायो । यता नेकपा विप्लव समूहले महेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरी मनायो । यस्तै बैद्य समूहले बजारमा ¥याली निकाल्दै जनयुद्ध दिवस मनाए ।

नेकपा माओवादी केन्द्रले कञ्चनपुर जिल्लाभरी जनयुद्धमा ज्यान गुमाएमा शहीद परिवार, वेपत्ता, अपाङ्ग, घाईते, पीडितसंग भेटघाट तथा छलफल गरेर सहिदको फोटोमा माल्यापर्ण गरेर, एक आपसमा जनयुद्धका दिन सम्झेर दिवस मनाएको कञ्चनपुरका संयोजक बीर बहादुर थापा (पातल) ले बताए । यस्तै माओवादीबाट अलग भएको डा. बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्ति नेपालका अधिकांश कार्यकर्ताले पनि पार्टीको ह्वीप तोड्दै जनयुद्ध दिवस मनाएका छन् ।
(अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्