डोल्पामा बाक्लो हिमपात (फोटो फिचर)



डोल्पाः सोमबार रातिबाट डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपातसँगै जिल्लाको धेरैजसो भूभाग सेताम्मे भएको छ । हिमपातपछि चिसोले न्यूनतम तापक्रम माइनस १० सम्म पुगेको छ । डोल्पा सदरमुकाम दुनैमा ३ इन्चसम्म हिउँ जमेको छ भने माथिल्लो डोल्पामा त्यो भन्दा बाक्लो हिउँ जमेको छ ।

हिउँ तल्लो डोल्पामा एक सातासम्म रहने बताइएको छ । माथिल्लो डोल्पामा महिनौ जम्ने स्थानीयबासी बताउँछन् । बाक्लो हिमपातपछि माथिल्लो डोल्पामा आवतजावत पूरै ठप्प भएको छ । हिमपातपछि डोल्पाका हिमाल तथा अग्ला पहाड सेताम्मे भएका छन ।

सदरमुकाममा पनि हिउँ जमेपछि बालबालिकादेखि वृद्धसम्मल हिउँ खेलेर रमाइलो गर्दैछन् । यस वर्ष पहिलो पटक सबै क्षेत्रमा हिउँ परेपछि कृषक रमाएका छन् । खेति गर्ने समय आउन लागेको बेलामा हिउँ परेपछि कृषकहरु उत्साहित भएका हुन् ।

हिउँ र पानी कृषकका लागि मल भएको ठूलीभेरी नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रीले बताए । उनले भने, ‘हिमपातले कृषकलाई राहत दिन्छ, डोल्पाको जमिन सुख्खा छ, यसले ओसिलो बनाउँछ ।’

भारी हिमपातले माथिल्लो डोल्पाका स्थानीयको जनजीवन प्रभावित भएको छ । सबै क्षेत्रमा एक फिट भन्दा धेरै हिउँ जमेको छ । घर बाहिर निस्कनसम्म कठिन भएको छ । भनि अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्