सामाजिक परिवर्तनमा उदासीनता



माघ २७, २०७४

कालीप्रसाद रिजाल

काठमाडौँ, राजनीतिको उद्देश्य समाजलाई विद्यमान समस्या र कठिनाइबाट मुक्त गराउनु हो। शोषण, भेदभाव, अन्याय र अत्याचार अन्त्य गरेर न्याय र सुव्यवस्थामा आधारितसमाज निर्माण गर्नु हो। अन्धविश्वास, कुरीति र रुढीग्रस्त परम्पराको निराकरण गरेरजनतालाई सुख, समृद्धि र प्रगतिको बाटोमा अग्रसर गराउनु हो। राजनीतिलाई त्यसैलेजनतामाथि शासन गर्नेभन्दा पनि जनताको सेवा गर्ने माध्यमका रूपमा अघिसारिन्छ। तर प्रश्न उठ्छ, के राजनेताहरूले जनताले बेहोर्नु परिरहेका सबै प्रकारकासमस्या जिम्मेवारीका साथ उठाउने गर्छन्? कि आफूलाई पायक पर्ने वा राजनीतिकस्वार्थ सिद्ध हुने जतिलाई मात्र छानी–छानी उठाउने गर्छन्? तर जनजीवनमा रहेकाकतिपय समस्याको निकारण गर्नेतर्फ राजनेताहरू उदासीन रहँदै आएको स्पष्टदेखिन्छ। वस्तुत: राजनेताहरूले आफ्नो वर्गीय स्वार्थ, राजनीतिक फाइदा र भोटबैंकको हिसाब गरेर सत्तामा जाने आफ्नो अभीष्टमा सहायक हुनसक्ने सामाजिकसमस्यालाई मात्र सार्वजनिक रूपमा उठाउने गर्छन्। अन्य समस्या जति नै विकराल,जति नै महत्त्वपूर्ण र जरुरी भए पनि उनीहरू सरोकार राख्न चाहँदैनन्। त्यसबारेसार्वजनिक रूपमा बोल्न पनि चाहँदैनन्।

हाम्रो ग्रामीण समाज अहिले पनि धेरै प्रकारका कुरीति, कुसंस्कार र अन्धविश्वासबाटग्रसित छ। सबैलाई थाहा छ, त्यस्ता कुरीति, कुप्रथा र अन्धविश्वासपूर्ण परम्परालाईहटाउन नसकुन्जेल समाजको उत्थान हुनसक्दैन। अझै पनि छुवाछूत, बालविवाह,बहुविवाह जस्ता कुप्रथा समाजमा विद्यमान छन्। तल्लो जातको नाममा सार्वजनिकठाउँमा समेत बहिष्कार गरिन्छ। बोक्सीको आरोप लगाएर अमानवीय प्रताडना,उत्पीडन र दुव्र्यवहार गर्ने गरिन्छ। नारी जातिमाथि गरिने भेदभाव, पक्षपात रअन्याय अझै पनि समाजमा जारी छ। विशेषत: तराई क्षेत्रमा अहिले पनि दाइजोप्रथाले जरो गाडेर बसिरहेको छ। मागे अनुसारको दाइजो नल्याएको भनेर महिलालाईकुटपिट, उत्पीडन र यातना दिने कार्य जारी छ। गर्भको बच्चाको लिंग निर्धारणमापुरुष शुक्रकीटको बढी हात हुने गर्छ। तर छोरो जन्माइदिन नसकेको भनेर पनि महिलालाई नै यातना दिइन्छ। यातना र दुव्र्यवहार खान नसकेर कतिले आत्महत्या गर्छन्। तर आफ्नै गाउँठाउँमा आफ्नै क्षेत्रमा भइरहेका यस्ता घटना र समस्याबारे राजनेताहरू बोल्दैनन्। मानौं, यी समस्या उनीहरूको सरोकारका विषय नै होइनन्।

मानौं, यी समस्याप्रति उनीहरूको कुनै दायित्व छैन। जवाफदेही छैन। गाउँघरकाअगुवा भने पनि गन्यमान्य भने पनि यिनै नेता हुन्। राजनीतिक कार्यकर्ता हुन्। केराजनीतिको परिभाषा, उद्देश्य र कार्यक्षेत्रभित्र यस्ता सामाजिक समस्या पर्दैनन्?उनीहरूलाई के कुराले रोकिरहेको छ? किन उनीहरू आफ्नो क्षेत्रका अन्धविश्वास ररुढीग्रस्त समस्याको विरुद्ध अभियान चलाउन सक्दैनन्? खुलेर प्रतिकार गर्नसक्दैनन्? आफू र आफ्नो परिवारभित्र पनि यस्तै कुरीति र कुप्रथा रहिरहेको कारणलेयिनीहरू खुलेर बोल्न असमर्थ त भएका होइनन्?कुनै बेला भूमिसुधार सम्बन्धी सर्वेक्षण अध्ययनको सिलसिलामा मैले सुदूर पश्चिमकाकेही जिल्ला भ्रमण गर्नुपरेको थियो। त्यसबेला मोटरबाटो बनिनसकेकोले धनगढीको गोदावरीबाट पैदल हिँडेर डडेलधुरा जानपरेको थियो। बाटामा हामीले पहाडबाट तलझरिरहेका एकहुल मान्छेको लावालस्कर देख्यौं। अघि–अघि कालो चस्मा लगाएकाएकजना मान्छे घोडामा सवार थिए। पछि–पछि केही महिला र भरिया लुगाफाटा,ओढ्ने, ओछ्याउने र अन्य सामान बोकेर हिँंडिरहेका थिए। हाम्रो टोलीमा रहेकात्यही क्षेत्रका एक कर्मचारीले भनेपछि थाहा भयो, त्यहाँका ठालुहरू जाडोयाममा पहाडबाट तल झर्दारहेछन्। विभिन्न ठाउँको जग्गा, घरबारी र खेतीपाती हेरविचारकालागि धेरै श्रीमती बिहे गर्ने चलन रहेछ। एक–एक ठाउँका लागि एक–एकवटी श्रीमती।

लोग्ने ठालु पालैसित विभिन्न ठाउँमा गएर रेखदेख गर्ने गर्दारहेछन्। त्यसैलेलोग्नेचाहिँं घोडामा चढेर हिँंडेका रहेछन्। अरू भरिया कामदारसितै श्रीमतीहरू पनिभारी बोकेर हिंँडेका रहेछन्। यो सुनेर म त्यसबेला अचम्भित भएको थिएँ। अहिलेसुदूर पश्चिम क्षेत्र धेरै अघि बढिसकेको छ। बहुविवाहको प्रथा पनि धेरै कम भइसकेकोअनुमान गरिन्छ। तर अहिले पनि यस क्षेत्रमा धेरै अन्धविश्वास, कुप्रथा र रुढीग्रस्त परम्परा जस्ताको तस्तै छन्। उदाहरणार्थ छाउपडी प्रथाबाट अहिले पनि त्यहाँकामहिला तथा किशोरी पीडित छन्। छाउपडी प्रथा अन्त्य गर्ने दिशामा स्थानीयस्तरमा केही प्रयास नभएको पनि होइन। तर गाउँघरका ठूलाबडा नेता र अगुवालेयसबारे खास चासो नदेखाएकाले स्थानीय स्तरका यस्ता प्रयास प्रभावकारी हुनसकिरहेका छैनन्। राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी र गाउँघरका अगुवा सबै मिलेर संयुक्त रूपमा व्यापक अभियान चलाउन नकुन्जेल केही सामाजिककार्यकर्ताको सीमित स्थानीय प्रयासबाट मात्र वर्षाैंदेखि जरो गाडेर बसेको यसप्रकारको समस्याको निराकरण हुनसक्दैन। तर त्यस क्षेत्रका राजनेताहरूको एजेन्डामायस्ता सामाजिक कुरीति, अन्धविश्वास र कुप्रथा अन्त्य गर्ने कुरा परेको देखिँदैन। प्रजातन्त्र उदय भएपछि सुदूर पश्चिम क्षेत्रका धेरै नेता मन्त्री, प्रधानमन्त्री भएका छन्।

अहिलेका प्रधानमन्त्री त्यही क्षेत्रको प्रतिनिधित्व गर्छन्। कुनै दलको चुनावीघोषणापत्रमा यस्ता सामाजिक समस्याले स्थान पाउँदैनन्। अनि प्रश्न उठ्छ, यस्तासामाजिक समस्या र विकृतिविरुद्ध जनमत खडा गर्ने दायित्व र जिम्मेवारी कसको?अन्धविश्वास, कुरीति र कुसंस्कारको उन्मूलन गरेर समाजमा चेतना ल्याउने,समाजलाई प्रगतिपथमा अग्रसर गराउने काम कसको? स्वयम् राजनेता र कार्यकर्ताले आफ्नो घर, परिवार, गाउँ र परिजनलाई सामाजिक कुप्रथा र विकृतिबाट मुक्त गराएरउदाहरण प्रस्तुत गर्नसकेका छन् कि छैनन्? छैनन् भने उनीहरूबाट कति अपेक्षा गर्नसकिन्छ? आफूले या आफ्ना छोराछोरीको बिहे गर्दा दाइजो लिने–दिने गरेकानेताहरूले दाइजोविरुद्ध केही बोलिहाले भने पनि त्यो कति प्रभावकारी होला? आफ्नैघरपरिवार, नातागोता, छुवाछूत, बालविवाह, बहुविवाह र छाउपडी प्रथा यथावत रहेकोअवस्थामा त्यस्ता नेता र अगुवाको कुरा कसले सुन्लान्? अनि समाजमा चेतना जागरुकता ल्याउने कसले?राणाकालमा स्कुल, पाठशाला, पुस्तकालय खोल्न पाइँदैनथ्यो। किनभने शिक्षित रसचेत जनतालाई राणाहरूले खतराको रूपमा देखेका थिए। जनतालाई अशिक्षा रअचेतनाको अँध्यारोमा राख्नसके नै आफ्नो निरंकुश शासनसत्ताले निरन्तरता पाउनेकुरा उनीहरूले बुझेका थिए। भनिन्छ, चन्द्रशमशेरले त्रिचन्द्र कलेजको शिलान्यासगर्दा आफ्नै खुट्टामा बन्चरो हानिरहेको भनेर अभिव्यक्ति प्रकट गरेका थिए। कहींहाम्रा नेताहरू अहिले पनि राणाकालीन त्यही मानसिकताबाट ग्रसित भइरहेका तछैनन्? अन्धविश्वास, कुरीति र अज्ञानताबाट मुक्त भएर जनता चेतनशील भए आफ्नो आश्वासन र सपना बेच्ने वृत्तिमा खतरा त देखिरहेका छैनन्?

प्रतिक्रिया दिनुहोस्