प्रदेश ३ मा एमाले दलको नेता बनेपछि डोरमणि (फोटो फिचर)



काठमाडौँः एमालेवृत्तलाई चकित बनाउँदै ७० वर्षीय डोरमणि पौडेल प्रदेश नम्बर ३ मा एमाले संसदीय दलका नेता बनेका छन् । प्रदेश ३ को पहिलो मुख्यमन्त्रीबाट एक कदम टाढा रहेका पौडेलले गुटगत आधारमा भएको निर्वाचनमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई १० मतले हराएका हुन् ।

जम्मा ५८ मत रहेको एमालेको प्रदेश सभा ३ मा पौडेलको पक्षमा ३४ मत खस्यो भने पराजित शाक्यको पक्षमा २४ मत मात्रै खस्यो ।

एमाले अध्यक्ष केपी ओली पक्षको गढका रुपमा रहेको प्रदेश ३ मा पौडेले संस्थापन र शाक्य माधव नेपाल समूहबाट चुनावमा होमिएकी थिइन् ।

नेपाल समूह छाडेर ओली समूहमा प्रवेश गरेका भनिएका धादिङका एमाले नेता राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगराएपछि पौडेलले बाजी मारेका हुन् ।

(अन्नपुर्ण पोस्टबाट)

प्रतिक्रिया दिनुहोस्