सरस्वती बहुमुखी क्याम्पस सान फर्काउँदै बीबीएम र बीबीए



काठमाडौं, २० माघ

विद्यार्थी नआएर २ बर्ष अघिसम्म सुनसान रहेको  सरस्वती क्याम्पस यतिबेला विद्यार्थीको चाप थेगिनसक्नु भएको छ  ।  सरस्वती क्याम्पस केहि समय पहिले  राजधानीमै कहलिएको थियो  । मणि बिनाको नाग जस्तै थियो ।  यतिबेला पुनः आफ्नो गुमेको शाख र पहिचान जोगाउने अभियानमा तल्लिन छ ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. बालकृष्ण सुबेदी भन्छन्: केहि समय अगाडिसम्म क्याम्पसका कक्षा कोठाहरु खाली थिए, चौरमा झार मात्रै पलाएको थियो, प्राध्यापक र कर्मचारीहरु घाम तापेर दिन काट्थे तर आज समय बदलिएको छ, सरस्वती बहुमुखी क्याम्पस यतिबेला जुरुक्कै उठेको छ ।

उत्साहित प्राध्यापक, कर्मचारी, भरिभराउ विद्यार्थी र व्यवस्थित बन्दै गएका पुर्वाधारहरुले सरस्वती क्याम्पसको “कम ब्याक”लाई सहयोग पुर्याएको अनेरास्ववियु क्याम्पस कमिटी अध्याक्ष शंकर गौतमले बताए   ।

२ बर्षअघि करिब ६ सयमा झरेको विद्यार्थी संख्या यतिबेला १ हजार ९ सय पुगेको छ । ‘बीबीएम र बीबीए थपिएपछि पुराना बिषयमा पनि विद्यार्थीको चाप बढेको छ, हामीलाई क्याम्पस सुध्रिएकोमा साह्रै खुसी छौं’, क्याम्पसका विद्यार्थी नेता शंकर गौतमले भने ।
बीबीएम र बीबीएमले क्याम्पसमा त्राण थपेको उनले स्वीकार गरे । क्याम्पसको पुर्वाधारलाई रंगरोगन गरेर चिटिक्क पारिएको छ ।अधिकांश बिषयमा विद्यार्थीको न्युन उपस्थितीले कतिपय बिषय अन्य क्याम्पसमा मर्ज गर्ने तयारी बहस पनि चलेको थियो । तर गत बर्ष क्याम्पसले बीबीएम र बीबीए विषय थप गरेपछि भने क्याम्पसमा नयाँ पहिचान नै स्थापित भएको छ ।  गेटबाट प्रवेश गर्दा सरस्वति क्याम्पसले जो कोहीलाई आकर्षित गर्छ । व्यवस्थित पार्किङ, रंगरोगन गरिएका पुर्वाधार, भलिबल कोर्ट, सानो बाटिकाले सरस्वति क्याम्पसलाई हेर्न लायक बनाएको सहजै देख्न सकिन्छ ।
‘हामीसँग पुर्वाधार पनि पर्याप्त छ र जनशक्ति पनि यथेष्ठ मात्रामा छन, हामी नयाँ बिषयमा स्नातकोत्तर सञ्चालनको तयारी गर्दैछौं, के बिषय थप्ने भनेर छलफल भैरहेको छ’, सहायक क्याम्पस प्रमुख सुवेदीले भने । हाल नेपाली, अग्रेँजी, समाजशास्त्र र व्यवस्थापन गरी चारवटा विषयमा स्नातकोत्तर अध्ययन गर्न पाइने सरस्वति क्याम्पसले थप केहि बिषय ल्याउने तयारी गरिरहेको छ ।
आकर्षण बढ्दो तर सिट सिमित
२ लाख ९० हजार रुपैंयाँ बीबीएम र बिबिए अध्ययनको सुविधा विद्यार्थीहरुले पाईरहेका छन् । यस वर्ष बीबीएम र बीबीएमा आवेदन दिनेहरु ३०० थिए । ति मध्ये ६४/६४ जनाको मात्रै मेरिट लिस्टमा नाम निस्कियो । ‘सरकारी शैक्षिक संस्था भनेका गरिबका छोराछोरीले पढ्ने ठाउँ हो, हामीसँग पुर्वाधार जनशक्ति दुबै भएकाले कोटा थप्न आग्रह गरिरहेका छौं ताकी गरिबका सन्तानले पनि उच्च शिक्षा पढ्न पाउन’, सुवेदील सुनाए ।
क्याम्पसमा रहेका लाइब्रेरीलाई स्तरोन्नति गर्ने काम पनि अघि बढाईसकेको जानकारी दिए । विद्यार्थीहरुले सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने उनको उद्घोष छ, उनले ।
सरकारी शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुको चाप घटिरहेको समयमा सरस्वति क्याम्पसले पनि पुनः कम ब्याक गरेको देख्न सकिन्छ । यसले अन्य क्याम्पसहरुलाई समेत सुधारको बाटोमा अघि बढ्न अभिप्रेरित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्