अभिनेत्री श्वेता खड्का ‘गर्भवती’ भएको खुलासा



काठमाडौं, १९ माघ

आफू ‘गर्भवती’ भएको अभिनेत्री श्वेता खड्काले बताउदै आएकी छिन् । आगमी ४ फागुनमा अभिनेत्री खड्काले बच्चाको जन्म दिनेछिन् । यसअघि नै बच्चाको नाम  ‘कान्छी’ जुरीसकेको छ ।

श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्युपछि लामो समय विक्षिप्त बनेकी अभिनेत्री खड्काले पहिलो पटक आफूले फिल्म बनाएकी हुन् ।अभिनेत्री खड्काले आफूले निर्माण गरेको फिल्म ‘कान्छी’लाई आफ्नो बच्चा भएको बताउदै आएकी छिन् ।  खड्काको निर्माणमा तयार भएको फिल्म ‘कान्छी’को ट्रेलर यसअघि नै सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, रोमान्स र रोदनलाई देखाइएको छ। श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यैपाने, भूमिका श्रेष्ठ फिचरिङ ट्रेलरमा फिल्मका अन्य मुख्य कलाकार प्रज्वल सुजल गिरी र अनु शाहलाई भने देखाइएको छैन । फागुन ४ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन्। मुस्ताङ, अपर मुस्ताङ, जोमसोम, राजधानीलगायतका ठाउँमा खिचिएको यस फिल्ममा शैलेश खड्का निर्माताको रूपमा रहेका छन्।

रविन खड्का यस फिल्मका सहनिर्माता हुन्। ’काया फिल्मस्’ र ’बुम रेमिट’को ब्यानरमा निर्माण भएको यस फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ। पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्