कफिनबाट दुई महिनापछि शव निकाल्दा, बौद्ध भिक्षु मुस्कुराए !



थाइल्याण्ड, १३ माघ
तस्बिरमा देखिएअनुसार एक जना मृत बौद्ध भिक्षुलाई मरेको दुई महिनापछि उनको शव निकाल्दा मुस्कुराइरहेको भेटिएका छन् । दुई महिनाअघि नोभेम्बर १६ मा थाइल्याण्डको राजधानी बैंककमा ९२ वर्षको उमेरमा बौद्ध भिक्षु लुआंग फोर पियानको मृत्यु भएको थियो ।

कम्बोडियाका भए पनि थाइल्याण्डमै धेरै समय बिताएका उनी आध्यात्मिक र बौद्ध सम्प्रदायका गुरुको रुपमा मध्य थाइल्याण्डको लोपबुरीमा रहेका थिए । जब उनको मृत्यु भयो, उनको पार्थिव शरीरलाई मन्दिरमा पुर्नका लागि लगिएको थियो ।

यो हप्ता मात्रै उनका शिष्यहरुले उनको शरीर कफिनबाट परम्परागत बौद्ध मान्यता अनुसार निकालेका थिए । जब उनको शव त्यहाँबाट निकालियो, पूरै माटिन सुरु गरे पनि उनी भने मुस्कुराइरहेका भेटिए । यसले सबैलाई अचम्म बनायो । उनको सम्मानका लागि भेला भएका भीडमा पियान मुस्कुराएका थिए त्यो कुरा सबैलाई आश्चर्य लाग्यो ।

भीडमा केहीले मात्र उनी मुस्कुराएको तस्बिर खिचे त्यो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कतिपयले यसलाई पियानले निर्वाण प्राप्त गरेको भनी उल्लेख गरेका छन् । उनी दिवंगत भएको १०० औँ दिनमा उनको अन्तिम संस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्