मिर्गौला स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा



काठमाडौँ, ११ माघ
शरीरलाई स्वस्थ राख्नका लागि मिर्गौला स्वस्थ हुनु जरूरी हुन्छ । मिर्गौलाले हाम्रो शरीरबाट फोहोर र बढी भएको पानी फिल्टर गरेर पिसाबबाट बाहिर निकाल्छ ।

मिर्गौला खराब भएपछि पिसाब गर्न अप्ठ्यारो र हातगोडा सुन्निने हुन थाल्छ । मिर्गौला बिग्रदा मुटुमा पनि समस्या आउन थाल्छ । यसलाई ठीक अवस्थामा राख्नका लागि एन्टीअक्सिडेन्टहरूले भरपूर खानेकुरा खानुपर्छ । सही खाद्यपदार्थ सेवनले मिर्गौलाका साथ-साथै शरीरका अन्य अंग पनि सही काम गर्न थाल्छन् ।
मिर्गौला स्वस्थ राख्नका लागि यस्ता खानेकुरा खानुहोस् :

अण्डाको सेतो भाग
अण्डाको सेतो भागले मिर्गौला स्वस्थ राख्नका लागि सहायता गर्छ । त्यसमा उच्च स्तरको प्रोटीन हुन्छ । सेतो भाग मात्रको अम्लेट बनाएर खानुहोस् र उमालेको अण्डाभित्रको पहेंलो भाग नखानुहोस् ।

ऐंसेलु
ऐंसेलुमा म्यांग्निज, भिटामिन सी, फाइबर र फोलेटको मात्रा धेरै हुन्छ र यसले मिर्गौलालाई स्वस्थ राख्छ ।

बन्दाकोभी
बन्दाकोभीमा फाइटोकेमिकल र एन्टीअक्सिडेन्ट भरपूर मात्रामा हुन्छन् र यिनले फ्री –याडिकलका कारण हुने हानिलाई रोक्छन् । यसमा पोटासियम कम भएका कारण डायलिसिस गराएका रोगीलाई पनि फाइदा गर्छ । बन्दाकोभी काँचै वा पकाएर खान सकिन्छ ।

जैतूनको तेल
मिर्गौलालाई स्वस्थ राख्न जैतूनको तेल लाभदायक हुन्छ । त्यसमा भएको ओलेक एसिड र एन्टीइन्फ्लेम्मेटरी फ्याट्टी एसिडले शरीरमा अक्सिडेसन गराउँछ । यो तेलमा खानेकुरा पकाएर खाने गर्नुहोस् ।

स्याउ
स्याउमा भएको फाइबरले मिर्गौला सफा गर्न मद्दत गर्छ । यसको सेवनले मुटुसम्बन्धी समस्या, क्यान्सर र कोलेस्ट्रोल घटाउने काम गर्छ ।

लसुन
लसुनमा भएका एन्टीअक्सिडेन्टले मिर्गौला र मुटुको रोग लाग्ने सम्भावना घटाउँछ । दिनमा एक–दुई पोटी काँचो लसुन खाँदा शरीरमा उच्च कोलेस्ट्रोल जम्न पाउँदैन ।

माछा
माछामा ओमेगा–३ फ्याट्टी एसिड भएका कारण मिर्गौलासम्बन्धी अनेक रोगबाट बचाउँछ । माछामा प्रचुर प्रोटीन हुन्छ । मिर्गौलाको समस्या कम गर्नका लागि उमालेको, पाकेको वा मज्जाले भुटेको माछा मात्र सेवन गर्नुहोस् ।

भेडेखुर्सानी
भेडेखुर्सानी खाँदा मिर्गौलामा राम्रो प्रभाव पर्छ । त्यसमा भिटामिन ए, बी र सी, फोलिक एसिड र फाइबर भरपूर मात्रामा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्