आजको राशिफल



वि.सं. २०७४ साल माघ ९ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी २३ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– षष्ठी, १२:३५ बजेउप्रान्त सप्तमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू कमै भेटिनेछन्। शुभचिन्तकभन्दा आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको नाफा गुम्न सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। विश्वासपात्रले अन्त्यमा धोका दिन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग असमझदारी बढ्ने सम्भावना छ। यात्रा गर्दा धनमाल सुरक्षामा सचेत रहनुहोला। प्रियजनसँगको भेटघाटले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा पनि विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

प्रतिक्रिया दिनुहोस्