कक्षा ६ मा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएपछि



काठमाडौँ, ८ माघ
कक्षा ६ मा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएकि छन् । भारतको उडिसा राज्यको एक विद्यालयकि छात्राले होस्टलमा बच्चा जन्माएपछि उक्त विद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

होस्टलमा बच्चा जन्माए लगतै छात्रा र बच्चालाई सुटुक्क उनको गाउँ उप्परकेंडीमा पुर्याइएको थियो । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा प्रधानाध्यापक र होस्टलको सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बच्चा कसको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्