गुलियोले मुटुरोग निम्त्याउँन सक्छ



काठमाडौँ, ८ माघ
धेरै गुलियोयुक्त आहार लिने स्वस्थ मानिसहरुमा मुटुरोगको प्रबल सम्भावना बढ्ने गरेको नयाँ अनुसन्धानले पत्ता लगाएको छ ।

उच्च मात्रामा गुलियो खाने स्वस्थ मानिसहरुले रगतमा फ्याटको मात्रा बढाएको र कलेजोमा फ्याट संग्रहित भएको पाइएको थियो । क्लिनिकल साइन्समा प्रकाशित उक्त अध्ययनमा मानिसहरुलाई दुई समूहमा राखेर अनुसन्धान गरेको थियो । एउटा समूहकालाई कम गुलियो र अर्को समूहकालाई उच्च मात्रामा गुलियो खुवाएर कलेजोमा बढ्ने फ्याटको मात्राले मुटुमा पर्नसक्ने प्रभावबारे अध्ययन गरिएको थियो ।

कम गुलियो खुवाइएकामा १४० मात्रै क्यालोरी पाइयो भने उच्च गुलियो खानेहरुमा ६५० क्यालोरी पाइएको थियो । १२ हप्तापछि उच्च सुगरयुक्त खाना खाएकामा लिभर फ्याट पनि उच्च मात्रामा बढेको पाइएको थियो । यसले मुटुमा प्रभाव पार्दै हार्टअट्याक र स्ट्रोकको जोखिम बढेको पाइएको थियो ।

अध्ययनअनुसार धेरै गुलियो खानेहरुको शरीरमा रासायनिक प्रतिक्रिया हुने देखियो । जुन मुटुका लागि खतराको सूचक हो । सानै उमेरमा गुलियो धेरै खाने केटाकेटीहरुमा समेत यसले मुटुरोगको जोखिम बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्