चिसोबाट प्रभावित परिवारलाई कम्बल वितरण



लहान, ६ माघ
शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएको छ ।

नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि १,००० थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाइबल समाज र एमनेष्टी इन्टरनेसनल नेपालबाट सहयोगस्वरुप प्राप्त भएको ५२३ गरी एक हजार पाँच सय तेइस् थान कम्बल चिसोपीडित परिवारलाई शुक्रबार सम्बन्धित वडा अध्यक्ष मार्फत वितरण भएको थियो ।

नगरपालिकाले शुक्रबार नै नगरका सबै वडाका विपन्न बस्तीमा आगो ताप्न दाउरा समेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्