आखा दान जीवन दान, भन्दै दुवै आँखा दान गर्ने घोषणा



लहान, ६ माघ
मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा दुवै आँखा दान गर्ने भएका छन् ।

आखा दान जीवन दान भन्दै उनले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गरेका हुन् । विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५ को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्