सरकारी निर्णयप्रति डा. युवराज संगौलाको आपत्ति



काठमाडौं, ५ माघ

देशको गम्भीर परिस्थितिलाई नियालेर देशप्रति सदैब स्नेह प्रकट गरिरहने एउटा नाम हो डा. युवराज संगौला ।
उनको फेसबुक स्टाटस हेर्दा लाग्छ,  उनी २०४७ साल देखि सरकार र सरकारी निर्णय प्रति धेरै चिन्तित छन् । काठमाडौं स्कुल अफ ल का सस्थापक समेत रहेका उनी नेपाल बार काउन्सिलका पूर्वअध्यक्ष समेत हुन् ।

डा. संगौला आफ्नो फेसबुकमा स्टाटस राख्दै भन्छन :-

देश लुट, लुटाउ र डडाउ
२०४७ साल देखि लोकतन्त्रलाई बहाना बनाइ देश लुटिएको लुटिएइ छ। 
१. पाजेरोको सांसदलाइ दिएर लुटियो।
२. म्हाकाली सन्धी जस्तो आसमान सन्धी गरेर लुटियो।
३. द्वन्दका नाममा हतियार किनेर कमिसन र लडाकु ब्यबस्थापनका नाममा लुटियो।
४. सम्बिधान सभाको निर्वाचन त सम्बिधानका नाममा लुटियो।
५. भुकम्प पीडित राहतका नाममा लुटियो।
६. रास्ट्रपती, प्रधानमन्त्री, मन्त्री र ठुला कर्मचारीका नाममा उनीहरुको सुबिधा र अनुदानका नाममा र पार्टीकाका नेतालाइ सहयोगका नाममा लुटियो।
७. अहिले निर्वाचनका नाममा लुटिदै छ।
८. भ्रष्टाचार क्यान्सर जस्तो भएको छ। गरिब जनताबाट प्रत्यक पाइलामा कर उठाएर रगत चुस्नेहरु छ । कोहि बनाउने नाममा लुटदै छ्न, कोही बिग्रेको सपार्ने नाममा पनि लुट्दै छ्न।
अर्कातिर अनेक बहानामा देशमा आगो लगाका लगाकै छ्न। हिजो संघियताको नाममामा देशलाइ जातीयताको भुमरीमा हाले। मानसिक रुपमा देशलाइ बिभाजित गरे। धर्मनिर्पेक्षताको नाममा नेपालको संस्कृति समाप्त पार्ने षड्यन्त्र गरे। सधैं मानसिक आगो लगाए अनि हडताल र भौतिक आगो बाले। अहिले
१. पीदेशको राजधानीका नाममामा आगो बाल्दैछ्न।
२. देशको सुरक्षा समाप्त पार्न प्रदेशका राजधानी भारतसङ्ग जोडिएका शहरमा राख्दैछ्न। जनताको प्रतीनिधित्व गर्ने भनिएका पार्टीका कार्यकर्ता देशको सुरक्षा भांडमा जाओस प्रेदेशको राजधानी सिमाना जोडिएको शहरमै हुन पर्छ भनी आगो बालिरहेका छ्न। यो आगोका पछ्डी बिदेशी खेल्दै छ्न।
१. CNN बाट हिरो बनाइएकि एकजाना आमैलाइ पस्चिमाकोलागि काम गर्न प्रदेश प्रमुख बनाइयो। यसैगरी सेलेब्रेटी उत्पादन गर्ने उद्दोग खोलीएको छ अहिले अन्सनका नाममा अनि चोखा बिदेश उत्पादन नेताका नाममा। जिल्लामा आगो आल्काइएको छ। कुनै पनि सरकारलाई उत्तरको सिमानामा राख्न नदिने चेसको खेल राम्रो सङ्ग खेलिदै छ।
२. बिद्रोह भड्काएर माघ ७ गते पछि संविधान हत्यगर्ने राम्रो खेल हुदैछ।
३. रास्ट्रीय सभा निर्वाचन नभै, प्रतिनिधि सभाको निर्वाचन नहुने, रास्ट्रीय सभाको निर्वाचन आन्दोलनले नहुने, अनि काम चलाउ सरकार रहिरहने। बिदेशीको खेल सधैं देश लुटन र दडाउन चलीरहने। जनता गोटि बनिरहने।

प्रतिक्रिया दिनुहोस्