प्रियंका रिसाउदा संचारकर्मी डराए



काठमाडौं, २ माघ
कलाकारहरुलाई विभिन्न नाम जोडेर चर्चा परिचर्चा गरिन्छ । यतिबेला फिल्म ‘लिलिबिली’ मा पनि यस्तै भएको छ ।
नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको जोडीलाई लिएर विभिन्न खाले चर्चा परिचर्चा गरिएको छ । कतिले  त  प्रदीप र  प्रियंकाको जोडीलाई दिदी  भाईको जोडी  भनेर समेत व्यांग्य गरे ।

प्रियंका र प्रदीप चाहिं यस बिसयमा भने फरक धारणा राख्छन । सामेबार आयोजना गरिएको लिलिबिली को प्रेसमिटमा आफु भन्दा कम उमेरको हिरोसँग स्क्रिन सेयर गर्दा कस्तो अनुभव भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा नायिका प्रियंका कार्की झोकिइन् । ‘यो प्रश्न तपाईहरु किन अभिनेतालाई सोध्नु हुँदैन् ?’, प्रियंका कडा रुपमा प्रस्तुत भइन्, ‘जब कुनै अभिनेताले आफु भन्दा सानो अभिनेत्रीसँग काम गर्छ यो प्रश्न किन उठ्दैन ?  यो कुनै ठुलो कुरो नै होइन् । केही उमेर सानो हिरोसँग काम गर्दा पहाड नै खस्छ जस्तो गरेर प्रश्न गर्नु पर्छ जस्तो मलाई लाग्दैन ।’

उसो त नायक प्रदीप खड्काले पनि काम गर्न उमेर बाधा नभएको बताए । ‘उमेरले सानो भएपनि मनले चाहिं उहाँ (प्रियंका) जस्तै छु’, प्रदीपले हाँस्दै भने । मिलन चाम्स निर्देशित लिलिबिलीको सोमबार पहिलो रोमान्टिक गीत रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्