‘मंगलम’ को दोस्रो गीत रिलिज



काठमाडौं, १ माघ

छविराज ओझाले निर्माण गरेको फिल्म ‘मंगलम’ को दोस्रो गीत रिलिज गरिएको छ । माघे संघ्रान्तीको अवसर पारेर ‘बम्पर उपहार’ बोलको गीत रिलिज गरिएको छ । फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीतको भिडियो रिलिज भैसकेको छ ।

गीतमा नायिका शिल्पा पोखरेल र नायक पृश्वीराज प्रसाईंले नृत्य गरेका  छन् । विष्णु कल्पितको छायाँकन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । दीपक शर्माको संगीत रहेको गीतमा लेखु सहयात्रीको शब्द छ तथा प्रमोद खरेलको स्वर छ ।

फागुन २५ गतेदेखि प्रदर्शनमा आउने मंगलम मा शिल्पा, पृथ्वी र पुष्प खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्