गाउँको कान्छो सम्झिदै मेलिना



 ‘यो समाज’  नामक एक नेपाली चलचित्रको गीत सार्वजनिक भएको छ । ‘यो गाउँको कान्छो’बोलको सार्वजनिक उक्त गीतमा अहिलेकी लोकप्रिय गायिका मेलिना राईले  आफ्नो आवाज भरेकी छिन् । मेलिनासँगै गीतमा पुर्वेली गायक सुबी राईको पनि आवाज रहेको छ ।

 गायक राईको आफ्नै संगीत रहेको गीतमा लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगित संयोजन रहेको छ । नविन भुजेलले निर्देशन गरेको चलचित्रमा सञ्जोक, सरिना लगायतका कलाकारले अभिनय गरेका छन् । गीतको भिडियोमा मनि कुमार राईको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्