मार्क जुकरबर्गको आफ्नै एक स्टाटसले २४ घन्टामा ३.३ बिलियन गुमाए



१ माघ :

मार्क जुकरबर्ग फेसबुक नामक सामाजिक सञ्जालका परिकल्पनाकार ३४ वर्षीय यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै चौरहत्तर लाख  अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन ७५  खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ। तर आहिले उनको  एउटा स्टाटसका कारण ३.३ बिलियन गुमाउनु परेको छ ।

जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई न्यूज फिडमा परिर्तवन गर्ने घोषणा गरेका थिए । त्यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता दिने जुकरबर्गले आफ्नो पेजमा लेखेका थिए ।

त्यही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको ब्लूमबर्ग न्यूजले जनाएको छ ।

जुकरबर्गले आफ्नो दिनको सुरुवात ७७.८ बिलियनको मालिकका रुपमा गरेका थिए तर, शेयर बजारमा आएको गिराबटका कारण ७४ बिलियनमा दिनको अन्त्य गरे । वाल स्ट्रिटमा शुक्रबार मात्र फेसबुकको शेयर मूल्य ४.५ प्रतिशतले गिरावट आएको छ । यससँगै जुकरबर्ग विश्वका अर्बपतिहरुको सूचीमा पनि एक स्थान तल झरेका छन् । उनलाई स्पेनिस अमानसियो ओर्टेगाले पछि पारेका छन् र चौथो स्थानमा उक्लिएका छन् ।

सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्