राती सुत्नु अघि पार्टनरसँग नगर्नुहोस् निम्न कार्यहरु



काठमाडौँ, ३० पुस : पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस किसिमको बहस चलिरहेको हुन्छ । स्वभाविक हो, हरेकले आफुले बढी माया गर्ने बताउँछन् । यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ । दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा कहिले घाम, कहिले पानी हुन्छ । सम्बन्ध सुधारका लागि अपनाउनुहोस् यी कुराहरु :

१) गल्तीको कुरामात्र नदोहोराउनुहोस्ः
यदि तपाईं राती सुत्नुभन्दा पहिले आफ्नी प्रेमिकालाई उनको पूरा दिनको गल्तीबारे सुनाइरहनुहुन्छ भने उनी तपाईंसँग बोर हुनेछिन् । साथै, तपाईं दुईबिच मनमुटाव पनि हुन
सक्छ ।

२) पिठ्युँ जुधाएर सुत्नुः
महिलालाई पुरुषको यो बानी सबैभन्दा धेरै मनपर्दैन । राती सुत्नेबेला कहिले पनि उनीसँग पिठ्युँ फर्काएर नसुत्नुहोस् ।

३) गुड नाइट किस पनि आवश्यकः
धेरैजसो महिलालाई पुरुषले राती सुत्नुभन्दा पहिले केही नभनी सुतेको खण्डमा निकै नराम्रो लाग्छ । सुत्नुभन्दा पहिले पार्टनरलाई गुड नाइट किस दिन आवश्यक छ । यसले तपाईंको सम्बन्ध अझै गहिरो हुने गर्दछ ।

४) अफिस वा आफन्तको कुरा :
बेडरुममा तपाईं आफ्नो पार्टनरसँग आफ्नो अफिस वा आफन्तको कुरा गरेर नबस्नुहोस् । तपाईंले यसो गर्दा तपाईंको पार्टनरलाई इरिटेट लाग्न सक्छ । यो समय तपाईंहरु दुईजना मात्रको हो । यतिबेला एकअर्कासँग प्रेमपूर्ण कुराकानी गरेर बिताउनुहोस् ।

५) सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइलः
धेरैजसो मानिसहरु राती सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइल चलाउने गर्दछन् । जसका कारण पनि तपाईंहरु बिच मनमुटाव हुनसक्छ । रातको समय आफ्नो पार्टनरसँग मात्र बिताउनुहोस् । यसो गर्दा तपाईंहरु बिचको दूरी कमी हुनेछ र तपाईंहरु बिच प्रेम बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्