जान्नुहोस बव् मार्ली को हुन् र उनका उत्कृष्ट भनाइहरू



पुस ३० : बव् मार्लीको जन्म ६ फेवररी १९४५ मा जमैकामा भएको थियो । बव् मार्ली विशुद्ध गायक मात्र थिएनन् । उनी गीतकार, संगीतकार, कुशल गितारवादकका साथै विचारक पनि थिए । उनी शव्दहरुमा परिवर्तनकारी चेतना भरेर गीत लेख्थे । उनको जीवनको सकृय कालखण्ड सन् १९६२ देखि १९८१ सम्मको अवधीलाई मानिन्छ । त्यसताका उनले अमेरिकी साम्राज्यवादको विरुद्ध ‘बफेलो सोल्जर’ जस्ता क्रान्तिकारी गीतहरु गाएर दुनियाँलाई जगाउने अथक कोशिस गरे । तिनै गायकका केही मनन् योग्य भनाईहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. आखाँ खोल र आफैलाई हेर त, के तिमीले जिइरहेको जिवन प्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. संगितको बारेमा अउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पिडा हुदैन ।

४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।

६. आफ्नो इतिहास नविर्स, न त भाग्य नै ।

प्रतिक्रिया दिनुहोस्