तनाव कसरी कम गर्न सकिन्छ, यस्ता छन् उपायहरु



काठमाडौँ, २९ पुस : मानिसहरु आफू तनावमा रहेको कुरा सजिलैगरी भन्न सक्छन्– मलाई टेन्सन छ । तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ। चिकित्सकहरु पेटमा हुने अल्सरदेखि, धेरै गम्भीर रोगको कारण बन्ने उच्चरक्तचाप, चिनीरोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको बताउँछन् ।

१. संगीत सुन्नुहोस् वा घुम्न जानुहोस्ः
तनावलाई कम गर्नका लागि तपाईंले संगीतलाई आफ्नो जीवनको अंग बनाउनुपर्छ । दैनिक टहल्ने बानी बसाल्नुहोस् वा कुनै मिल्ने साथीलाई भेट्नुहोस् । यदि तपाईंलाई केही गर्न मनपर्छ भने त्यसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।

२. व्यायाम गर्नुहोस्ः
व्यायामलाई आफ्नो रुटिनमा समावेश गर्नुहोस् । नियमित रुपमा व्यायाम गर्दा तपाईंको शरिर र मस्तिष्कलाई आराम प्राप्त हुन्छ । साथै, व्यायामले तपाईंको मुड पनि ठिक पार्छ । तर यसका लागि नियमित व्यायाम गर्न आवश्यक छ ।

३. आफ्ना समस्याबारे कुरा गर्नुहोस्ः
यदि तपाईंलाई केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे कुरा गर्दा तनावको स्तर कम हुने गर्दछ । यसबारे तपाईं परिवारका सदस्य, साथीभाइ, डाक्टर वा थेरापिष्टसँग कुराकानी गर्न सक्नुहुन्छ । र तपाईं आफैंसँग पनि कुराकानी गर्न सक्नुहुन्छ । यसलाई ‘सेल्फ टक’ भनिन्छ र हामीमध्ये धेरैले यसो गर्ने गर्छौं । तर तनाव कम गर्नका लागि कुनै पनि कुरालाई सकारात्मक तरिकाले हेर्नुपर्छ ।

४. जीवनमा तनावको कारणलाई खोज्नेः
तनाव व्यवस्थापनका लागि तपाईंले सबैभन्दा पहिले आफ्नो जीवनमा तनावका कारण खोज्नुहोस् । यदि तनावको वास्तविक कारण तपाईंलाई थाहा छ भने तपाईंको आधा तनाव यत्तिकै कम हुनेछ ।

५. ती मानिसबाट टाढा हुनुहोस् जसले तनाव बढाउँछन्ः
तनाव व्यवस्थापनका लागि तपाईं त्यस्ता मानिसबाट टाढा हुनुहोस् जसले तपाईंको तनाव बढाउँछन् ।

प्रतिक्रिया दिनुहोस्