विशेष प्रस्तुति सहित सुरज, सागर र केन्जल सिड्नी जाँदै



काठमाडौं, २७ पुस

 केहि महिना अगाडि मात्रै  एपी वान टेलिभिजनबाट सम्पन्न भएको  चर्चित रियालिटी शो ‘नेपाल आइडलका’ तीन लोकप्रिय आइडलहरु  सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ आफ्नो विशेष प्रस्तुति सहित अब अस्ट्रेलियाको चर्चित सिड्नी सहरमा गुञ्जने भएका छन् ।आफ्नो फरक गायन शैलीका कारण लाखौ प्रशंसक कमाउन सफल सुरज , सागर र केन्जल यतिबेला बढी चर्चा र रोजाइमा  छन्  ।

‘वेलकम २०१८’ नामाकरण गरिएको कार्यक्रम सिड्नीको टाउन हल नजिक रहेको सार्क होटल स्पेश बारमा १९ जनबरी राती ८ बजे आयोजना हुनेछ ।  प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजले प्रस्तुत गर्न लागेको कार्यक्रममा यी तिन कलाकारले  आफ्नो प्रस्तुति दिन लागेका हुन् ।
कार्यक्रममा सागर, सुरज र केन्जलले बिभिन्न गीत संगीत प्रस्तुत गर्नेछन् , भने स्थानीय कलाकारको पनि बिभिन्न प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्