नायक शिव श्रेष्ठ पनि अब निर्माता : संजोग र वर्षा मुख्य भूमिकामा



नेपाली फिल्मका ‘ठूल्दाई’ शिव श्रेष्ठ अब ‘एउटा यस्तो प्रेम कहानी’ नामक फिल्मबाट निर्माता बनेका छन् ।  निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्ममा नायक संजोग कोइराला र नायिका वर्षा राउत मुख्य भूमिकामा अनुवन्धित भएका छन् ।

निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेको कथामा निर्माण हुन लागेको फिल्ममा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । यस्तै, नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकार पनि फिल्मका लागि अनुवन्धित भइसकेका छन् ।

पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका संजोग र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्