‘पद्मावती’ अब ‘पद्मावत’ २५ जनवरीमा रिलिज



एजेन्सी, २७ पुस : सञ्जय लीला भन्सालीको बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ को नाम परिवर्तन गरेर ‘पद्मावत’ राखिएको छ । सेन्सर बोर्डले फिल्मका केही भाग काटेर ‘पद्मावती’ को स्थानमा ‘पद्मावत’ नाम राखेर फिल्म रिलीज गर्ने अनुमति दिएपछि निर्माण पक्षले २५ जनवरीमा यसको प्रदर्शन गर्ने तयारी गरेका छन् । यद्यपी राजस्थान राज्यमा भने फिल्म रिलीज नहुने बताइएको छ ।  रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर स्टारर फिल्म ‘पद्मावत’ ले सिनेमाघरहरुमा कस्तो जादु देखाउँछ त्यो भने रिलिजपछि मात्रै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्