ऋतिकको जन्मदिनमा राकेशले गरे ‘कृष ४’ रिलीज डेट घोषणा



एजेन्सी, २७ पुस : जन्मदिनको अवसर पारेर ऋतिकका बुवा राकेश रोशनले आफ्नो ट्वीटर ह्याण्डलमा कृष सीरीजको चौथो भागको रिलीज डेटको घोषणा गरेर छोरा ऋतिक र उनका प्रशंसकहरुलाई उपहार दिएका छन् । बलिउड अभिनेता ऋतिक रोशनले बुधबार ४४ औं जन्मदिन मनाएका छन् । कृष ४ सन् २०२० को क्रिसमसमा रिलीज हुनेछ ।

राकेश रोशनले ट्वीटमा लेखेका छन्, ‘कृष ४ को रिलीज डेटलाई आधिकारिक बनाउन आजभन्दा अर्को कुनै पनि दिन विशेष हुन सक्दैन । ऋतिक रोशनको जन्मदिनमा सबैका लागि यो विशेष उपहार । जन्मदिनको शुभकामना ।’’

प्रतिक्रिया दिनुहोस्