सम्बन्ध प्रागाढ बनाउन यी ७ कुराहरु भन्नुहाेस्



एजेन्सी । यदि तपाई आफ्ना प्रेमीसँगको सुमधुर सम्बन्धलाई कायम राख्न चाहनुहुन्छ भने ‘आई लभ यु’ भन्दा यस्ता कुराहरु गर्दा बढी प्रभावकारी हुन्छन् । तपाईको प्रेमीलाई आई लभ यु भन्दा पनि वास्तविक र यर्थाथ कुरा सुन्ने मन हुन्छ । त्यसैले आज हामी त्यस्ता ८ कुराहरु भन्न जाँदैछौँ जसले तपाईको सम्बन्ध पक्का पनि बलियो र सुमधुर बनाइराख्न मद्दत गर्नेछ ।

१. म छँदै छु नि
प्रेम व्यक्त गर्नु र प्रेम गर्नु दुई अलग कुरा हुन् । कसैको राम्रो समयमा साथ रहन धेरै सजिलो हुन्छ तर दुःखको समयमा पनि आफ्ना साथीलाई भरोसा दिलाउन सकियो भने मात्र तपाई असल प्रेमी मानिनुहुनेछ । आफू भएको अनुभव गराएर सँधैं हौसला प्रदान गर्नाले तपाईको सम्बन्धमा अवश्य पनि राम्रो प्रभाव पर्नेछ । यदि तपाई भएकोमा ऊ विश्वस्त छ भने तपाईमा निर्भर तपाईको पार्टनर सँधैंभरि तपाईकै साथमा रहन चाहन्छ ।

२. सबै ठीक हुन्छ, चिन्ता नलेउ
आफ्ना नजिकका मानिस समस्यामा हुँदा यो कुरा त सबैले भन्ने गरेका छन् । तर यहि शब्द आफूलाई माया गर्ने विश्वासनीय मानिसले भन्यो भने यसले तपाईको पार्टनरका लागि निकै खास अनुभव दिलाउन सक्छ । तपाईको पार्टनरलाई साँच्चै नै सबै ठीक हुन्छ जस्तो लाग्छ । यसले तपाईहरुलाई अझै नजिक ल्याउन सहयोग गर्छ ।

३. केही छैन, मैले मनमा लिएको छैन
कतिपटक तपाईको पार्टनरको मुखबाट भन्न नहुने कुरा पनि निस्किन सक्छ । यस्ता कुरा भनेपछि हामीलाई पछि पछुतो समेत लाग्छ । यस्तोमा यदि तपाईको पार्टनरलाई तपाईले उसको गल्तीको महशुस गराउनुको सट्टा तुरुन्तै माफ गर्दिएर केही छैन मैले मनमा लिएको छैन भन्नुभयो भने त्यसपछिका दिनहरुमा उसले त्यस्तो गल्ती कहिल्यै गर्ने छैन र तपाईका गल्तीहरुलाई पनि माफ गर्दिनेछ ।

४. मलाई माफ गरिदेउ
कसैलाई माफी दिनु एकदमै ठूलो कुरा हो तर त्यो भन्दा पनि ठूलो काम आफ्नो गल्ती स्वीकार गरी माफ माग्नु हो । त्यसैले यदि तपाई आफ्नो पार्टनरलाई गल्तीका लागि माफी माग्नुहुन्छ भने उसको आँखामा तपाईका लागि झनै इज्जत बढेर जानेछ ।

५. घर पुगेपछि फोन गर है
यदि तपाईले आफ्नो पार्टनरलाई तपाईले उसको कति ख्याल गर्नुहुन्छ भन्ने अनुभव गराउन सक्नुभयो भने तपाईहरुको सम्बन्ध कहिल्यै पनि नराम्रो हुने छैन ।

६. यसबारे तिम्रो सोचाइ कस्तो छ ?
यसरी समय-समयमा आफ्नो पार्टनरलाई उनीहरुको विचारबारे बुझ्न चाहनुभयो भने उसलाई तपाईको जीवनमा उसको पनि महत्वपूर्ण स्थान रहेको आभास हुन्छ । यसले तपाईको सम्बन्ध अवश्य राम्रो बनाउने छ ।

७. तिमीलाई एकदम सुन्दर देखिएको छ
तपाईको पार्टनरका कतिपय कुराहरु तपाईलाई असाध्यै मन परेको हुन सक्छ । यस्तो बेलामा तपाईले उसको तारिफ गर्न हिचकिचाउनु हुँदैन । किनकी यसो गर्नाले तपाईको पार्टनरलाई सधैँ तपाईका लागि राम्रो देखिने मन हुन्छ र यसै खुसीमा तपाईप्रति उसको माया पनि प्रगाढ बन्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्