सगरमाथा आरोहण गर्ने महिला टोलीलाई प्रधानमन्त्रीले आर्थिक सहयोगको कुरै गरेनन्



नेपाल पत्रकार महासंघको व्यानरमा ‘समानताका लागी बुलन्द आवाज’ नारा सहित आउँदो चैत्रमा सर्वोच्च शिखर आरोहण गर्ने ‘प्रथम महिला पत्रकार आरोहण २०१८’ को नाम दिईएको टोली आर्थिक तथा सामाजिक सहयोग जुटाउने अभियानमा क्रियाशील रहेको छ ।  यसैको लागि टोली सदस्यहरुले आज प्रधानमन्त्री सँग भेट गरेका छन् । आर्थिक सहयोगको बचन नदिएका प्रधानमन्त्री देउवाले टोलीका सदस्यहरुलाई ‘बहादुर र साहसी’ महिलाको रुपमा भने चित्रित गरे । आरोहण तयारीको लागि टोलीले पहिलो चरणको तालिम अन्तरगत दोलखाको रोलवालिङस्थित यालुङरी र रामदुङ हिमाल आरोहण गरिसकेको छ ।

टोलीमा  राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, नेपाल टेलिभिजनकी  रोजिता बुद्धाचार्य, न्युज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ  गरी पाँच महिला पत्रकारहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्