शिविरमा ७९ अपाङ्गलाई परिचयपत्र वितरण



बाबियाचौर, म्याग्दी, २३ पुस  २०७४ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविर सम्पन्न भएको छ ।

महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

३५ जना पुरुष र ३४ जना महिलालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार (क) वर्गका ४ जना, (ख) वर्गका २५ जना, (ग) वर्गका १७ जना र (घ) वर्गका २३ जनालाई परिचयपत्र वितरण गरिएको हो ।

दुर्गम ग्रामीण क्षेत्रका अपाङ्गता भएका नागरिकलाई स्थानीय स्तरमै सहज रुपमा परिचयपत्र प्रदान गरी राज्यले प्रदान गर्ने सेवा सुविधामा पहुँच बढाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । गाउँपालिकाका आठ वटै वडाका नागरिकले शिविरबाट सेवा लिएका छन्

प्रतिक्रिया दिनुहोस्