विपन्नलाई ज्याकेट र कम्बल बाँड्दै



काठमाडौँ, २३ पौष २०७४ : विपन्न तथा गरिब समुदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरिरहेको छ । जाडोमा केही हदसम्म भए पनि राहत महसुस गराउने हेतुले ज्येष्ठ नागरिकलाई कम्बल र बालबालिकालाई शनिबार  ज्याकेट वितरण गरिरहेको हो ।

यसै क्रममा उर्लाबारी–९ मौलिबारीका २२ परिवारलाई कम्बल र १८ परिवारका बालबालिकालाई ज्याकेट प्रदान गरिएको न्यानो अभियान नेपालका कार्यक्रम संयोजक सरोज बस्नेतले जानकारी दिनुभएको छ ।

यसअघि उर्लाबारी–८ को बगर टोल र उर्लाबारी–४ को बक्राहा बाँधमा न्यानो कपडा वितरणसहित गोदावरी हस्पिटल उर्लाबारीको सहयोगमा स्वास्थ्य शिविर गरिएको सदस्य विवेक हिङमाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्