पाठसाला निर्माणमा आर्थिक सहयोग



मोरङ, २३ पुस २०७४ : उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गर्नुभएको छ ।

उहाँले उर्लाबारी–९ स्थित खोपीडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा रु दुई लाख ७४ हजार ३८० खर्च गरी विभिन्न भौतिक संरचना निर्माण गरी सहयोग गर्नुभएको हो । समाजसेवी श्रेष्ठले विद्यालयमा पर्खाल र मञ्च निर्माण गरिदिनुका साथै रङरोगन तथा घेराबारा निर्माण गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले जानकारी दिनुभयो ।

सो विद्यालयका पूर्वविद्यार्थी समेत रहनुभएका श्रेष्ठले आफू पढेको विद्यालयको स्तरोन्नति गर्नु आफ्नो पनि कर्तव्य सम्झेर सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्