कण्डम सम्बन्धि रोचक तथ्य : ४०० वर्ष अघिको आविष्कार



एजेन्सी, पुस २०, २०७४ :  के तपाइलाई थाहा छ कण्डमको आविष्कार कहिले र कहाँ भएको थियो ? शायद कमैलाई थाहा होला । कण्डमसँग जोडिएको केही ६ रोचक तथ्यहरु यस्ता रहेका छन् । इतिहासको पाना पल्टाएर हेर्ने हो भने सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डमको आकारको एक चित्र पाईएको थियो । मान्यता अनुसार यो करिब पन्ध्र हजार वर्ष भन्दा पनि पुरानो रहेको छ ।

स्वीडेनमा पनि सबैभन्दा पुरानो कण्डम पाईएको छ । पहिले कण्डम पाउन निकै गार्हो हुने गर्थ्यो । अमेरिकामा डाक्टरहरुको प्रेसक्रिप्शन पछि मात्र यसलाई १९२८ देखि वेंडिंग मेशीनबाट निकालिन सकिन्थियो । साथै ‘सोची ओलंपिक्स’ को समयमा  एथलीटहरुलाई ओलम्पिक भिलेजमा एक लाख कण्डम पुर्याइएको थियो ।

१६ औ शताब्दीमा कण्डमको आविष्कार साइफलिसको रोगलाई रोक्नको लागि गरिएको थियो । त्यस समयमा फ्रान्समा कैयौं मानिसहरु गुप्त रोग साइफलिसबाट मरीरहेका थिए । कुनै उपचार नभएको कारणले गैबरील फैलोपियोले उपचारको खोजी गर्ने कोशिश गरेका थिए । उनले लिनन शीथ्सलाई एक केमिकल समाधानमा मिलाएर फेरी सुकाए । यसलाई ११०० प्रतिभागीहरुमा प्रयोग गर्ने सोचे । यी शीथ्सलाई पुरुषको लिङ्गमा लगाईयो र यसलाई एक रिबनले बाधियो । यस तरिकाको सुरक्षा लिए पश्चात कैयौं पुरुषहरुलाई सम्बन्ध बनाएपछि पनि साइफलिस भएन ।

१. कण्डममा प्रयोग हुने मेटिरियल जहिले पनि बदलिदै आएको छ । पहिले  यसलाई लेटेक्सबाट बनाइन्थ्यो र  पछि अनेक जनावरहरुको आन्द्रा पनि प्रयोगमा ल्याइएको थियो । त्यस पश्चात लिनन, स्लिक र लेदरबाट बनाउने कोशिस पनि गरीएको छ ।

२. १६ औ शताब्दीमा कण्डम जनावरको आन्द्राबाट बनाइने गरिन्थ्यो, त्यसैले यसको मुल्य महँगो हुन्थ्यो । यसको प्रयोग मानिसहरुले  २ पटक गर्ने  गर्थे । १९ औ शताब्दीसम्म आउदा यो यति सस्तो भयो कि मानिसहरुले  एक पटक प्रयोग गरेपछि फ्याक्न थाले ।

३. सम्बन्ध बनाउन मात्र नभईकन मोडर्न कण्डम एक ग्यालिनसम्मको पानी अटाउन सकिन्छ । त्यति मात्र नभएर यसको प्रयोग जवानहरु आफ्नो राईफललाई पानी बाट बचाउन र कतै आगो बाल्न प्रयोग गर्ने  गर्थे  ।

४. पछिल्लो केहि समयमा कण्डमको आकार र टाइपमा निकै परिवर्तन आएको छ । अब फ्लेवर कण्डम देखि लिएर लुब्रिकेटेड र अन्य प्रकार बजारमा सजिलैसँग उपलब्ध हुन्छ ।

५. हाल बैज्ञानिकहरु नदेखिने कण्डम बनाउन  लगातार कोसिस  गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्