जान्नुहोस बलिउड अभिनेत्रीहरुको शिक्षा कति ?



पुस १९, २०७४, मुम्बई– बलिउडका अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन ।  स्वदेश तथा विदेशमा आफ्नो अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन्  तर शिक्षाको मामलामा भने निकै पछि देखिएका ती अभिनेत्रीहरुको आज चर्चा गर्न खोजिएको छ ।

काजोल: कजोलको अध्ययन सुनेर सबै हैरान हुन सक्छन् । उनले १२ पास पनि गरेकी छैनन् । १६ वर्षको उमेरमै उनले चलचित्र अभिनय थालेकी थिइन् । अभिनय थालेपछि उनले अध्यायनलाई प्रथामिकता दिइनन् । उनको हिलो चलचित्र ‘बेखुदी’ थियो ।

श्रीदेवीः श्रीदेवीले १० पनि पास गरेकी छैनन् । उनले धेरै सानै उमेरबाट चलचित्रमा काम गर्न थालेकी थिइन् । ५, ६ वर्षको उमेर उनले बालबालिकाको भूमिका समेत निर्वाह गरेकी थिइन् ।

करिस्मा कपुरः अभिनेत्री करिस्मा कपुर केवल ६ कक्षा पास हुन् । सानै उमेरदेखि फिल्ममा काम गरेकी करिस्माले चलचत्रि अभिनयमा राम्रो हाइट बनाएकी छिन् ।

दिपिका पादुकोणःदिपिकाले १२ कक्षासम्म अध्यायन गरेकी छन् । यसपछि उनी कलेज त गएकी थिइन् तर अध्यनका लागि समय मिलेन । किनभने यही समयमा उनले मोडलिङ सुरु गरेकी थिइन् । चलचित्र करियर बनाउन सङ्घर्ष गर्नुपरेकाले पनि उनले अध्ययन छोडिन् ।

कट्रिना कैफः कट्रिनाले पनि धेरै अध्ययन गरेकी छैनन् । उनले पनि सानै उमेरमा अध्ययन छोडेर चलचित्र अभिनय रोजेकी थिइन् । बलिउड अभिनय डेब्यु गर्दा उनको उमेर जम्मा १७ वर्षको थियो ।

ऐश्वर्या रायःऐश्वर्या चाहिँ १२ कक्षा पास छिन् । उनी अगाडि अध्ययनका लागि मेडिकल कलेजमा त भर्ना भएकी थिइन् । तर पढाइ पूरा गर्न पाइनन् । उनले अध्ययन बीचमै छोडेर मोडलिङमा करियर बनाइन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्